१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई उद्याेगी व्यवसायी सवारी दुर्घटनामा, एअरलिफ्ट गरी काठमाडौं ल्याइयो



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोर आचार्य र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीे सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको छ । एउटै गाडिमा सवार दुवैजनाको पाल्पाबाट पोखरा जाँदैगर्दा सोमबार बेलुका सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको हो । 

महासंघका केन्द्रीय सदस्य एवं रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आचार्यले आफैले सवारी चलाएर पाल्पाबाट पोखरा जाँदा सवारी दुर्घटना भएको हो । आचार्यले चलाएको गाडि सडकबाट ५ सय मिटर तल खस्दा उनीहरु गम्भिर घाइते हुनुभएको हो । 

घाइते दुवैको हिजो लुम्बिनी मेडिकल कलेज, प्रवास, पाल्पामा उपचार गरिएको थियो भने आज विहान थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । 

‘दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको पाल्पा अस्पतालमा हिजो अप्रेशन गरिएको थियो,’ ह्याम्स अस्पतालबाट ढकालले भने, ‘अहिले दुवैजना खतरामुक्त हुनुहुन्छ । थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।’