५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई पक्राउको विरोधमा आन्दोलन जारी राख्ने रास्वपाको निर्णय



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गरेको विरोधमा आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।

रास्वपाका आज बसेको केन्द्रीय समितिको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । बैठकले उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आन्दोलन सञ्चालन मूल समिति गठन गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा ‘राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने’ उल्लेख छ ।

बैठकले ‘पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकोले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइ गर्न’ माग गरेको छ ।

उपसभापति अर्याल नेतृत्वको आन्दोलन सञ्चालन मूलन समितिमा ७ प्रदेशका सभापतिहरू लगायत रहनेछन् । बैठकले राजनीतिक नागरिक संवादको लागि पार्टीका अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा अर्को समिति गठन गरेको छ ।

यसगरी सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने र आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने निर्णय बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपा केन्द्रीय समिति बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । बैठकले यसअघि स्थगित गरेका जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि सुचारु गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।