८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग

यसरी बित्दैछ भारतीय सेनाध्यक्ष नरवणेको तीन दिनको नेपाल बसाई

यसरी बित्दैछ  भारतीय सेनाध्यक्ष नरवणेको तीन दिनको नेपाल बसाई
अ+ अ-

काठमाडौ । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे  नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गर्न बुधबार मध्याह्न  काठमाडौं  आइपुग्दै हुनुहुन्छ । तीन दिने नेपाल भ्रमणमा रहनु हुने नरबाणेको बुधबार कुनै औपचारिक कार्यक्रम नभएको स्राेतले जनाएको छ ।

बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा नेपाली सेनाकी परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपाली सेनाको मानार्थ महारथीको पदबी प्रदान गर्नु हुनेछ।

मानार्थ महारथीको पदवी ग्रहण गरेपछि नरबाणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सोही दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग सेनाध्यक्ष नरबाणेले शिष्टाचार भेटवार्ता हुनेछ ।

प्रधानमन्त्रीसँगको भेटवार्ता पछि सेनाध्यक्ष नरबाणेले सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक  भेटवार्ता गर्नु हुनेछ ।

यसअघि नक्सालमा रहेको होटल मेरियटमा बस्ने कार्यक्रम मिलाइएको भए पनि  सुरक्षाका कारण अन्तिम समयमा नरबाणेको बसाई ताहाचलस्थित होटल सोल्टीमा सारिएकाे छ ।  

बिहीबार औपचारिक भेटवार्ता सकिएपछि शुक्रबार बिहान भारतीय सेनाध्यक्ष माउण्टेन फ्लाइटमा जाने कार्यक्रम रहेको छ । सुरक्षाका कारण नरबाणेको  भ्रमणका लागि आवतजावत  हेलिकोप्टरबाट हुने जनाइएको छ ।