८ कार्तिक २०८१, बिहीबार
,
Latest
नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो दक्षिण अफ्रिकी बलर ल्याङ्ग चितवन राईनोजमा को हो ५ करोड ९२ लाखमा नेपाल प्रिमियर लिगको कमर्शियल अधिकार किन्ने ब्रान्ड लजिक ? लुम्बिनी प्रदेश सरकारका तीन मन्त्रीद्वारा पद तथा गोपनियताको शपथ ग्रहण को हुन् रोहित शर्मा र डेभिड मिलरको कीर्तिमान तोड्ने सिकन्दर रजा ? ‘दुखियाको हाँसोमा ईश्वरको बास’ सरकार विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछः माओवादी खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँः स्वास्थ्यमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२६ को विश्वकपमा ९ अफ्रिकी टोलीले विश्वकप खेल्ने



अ+ अ-

एजेन्सी । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २०२६ विश्वकपमा प्रतिष्पर्धा गर्ने बताउनुभएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबामा अफ्रिकी फुटबलको ४६ औँ महाधिवेशन शुरु भएकोमा इन्फान्टिनोले अफ्रिकाभरका नेता तथा सदस्य संघका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याउने क्रममा उक्त टिप्पणी गर्नुभएको हो ।

विश्वकप २०२६ मा विश्व कपमा नौ वा दश अफ्रिकी देशहरू सहभागी हुनेछन् । इन्फान्टिनोले यो वृद्धि फिफाको विस्तारित विश्वकप ढाँचाअनुसार गर्न लागिएको बताउनु भयो । फिफाले फिफा महिला विश्वकपमा सहभागी अफ्रिकी टोलीको संख्या ६ पु¥याउने पनि विचार गरिरहेको बताउनु भयो ।

उहाँले मोरक्कोले २०३० मा फिफा विश्वकप आयोजना गर्ने तयारी गरेको र जसले देशलाई विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी राष्ट्र बनाउने बताउनु भयो ।