५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो



अ+ अ-

पोखरा । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगेको छ ।

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज बिहान जहाजमार्फत बुटवल पठाएको हो ।

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई रुपन्देही पठाइएको हो ।

गत असोज ६ गते पक्राउ परेका जोशी गोरखा नेटवर्कका तत्कालीन साझेदार हुन् । बयान पूरा भएपछि कात्तिक ७ गते पोखरा फर्काइने प्रहरीले जनाएको छ ।