३१ श्रावण २०८३, आईतवार
,
Latest
गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो



अ+ अ-

पोखरा । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगेको छ ।

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज बिहान जहाजमार्फत बुटवल पठाएको हो ।

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई रुपन्देही पठाइएको हो ।

गत असोज ६ गते पक्राउ परेका जोशी गोरखा नेटवर्कका तत्कालीन साझेदार हुन् । बयान पूरा भएपछि कात्तिक ७ गते पोखरा फर्काइने प्रहरीले जनाएको छ ।