१२ श्रावण २०८३, मंगलवार
,
Latest
यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनामा पाँच करोडको नुन बिक्री



अ+ अ-

जनकपुरधाम । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु पाँच करोड २३ लाख बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफनो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिनुभयो । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा प्रतिबोरा आयोडिनयुक्त नुन रु एक हजार एक सय ५० का दरले डिलरमार्फत बिक्री भइरहेको प्रमुख साहले बताउनुभयो । कार्यालयले दसँै, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्यका पसलसमेत सञ्चालन गरी नुन बिक्री गरिरहेको छ ।

गत असोज ७ गतेदेखि यही कात्तिक २९ गतेसम्मका लागि सञ्चालन गरिने ती पसलबाट असोज ३० गतेसम्ममा चार हजार छ सय प्याकेट नुन बिक्री गरेको प्रमुख साहले बताउनुभयो । सहुलियतदरको पसलबाट प्रतिप्याकेट रु २४ तथा सोभैm डिलरमार्फत रु २६ मा बिक्रीवितरण भइरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले रु १८ करोड ६२ लाख ८१ हजार मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको थियो ।