१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो



अ+ अ-

जलेश्वर, (महोत्तरी) । महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा आइतबार राति चन्द्रमासँगै पतिको पूजा गर्दै मिथिलानीहरुले करबाचौथ पर्व मनाएका छन् ।

मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात मिथिलानीहरुले राति पतिको दीर्घायुको कामना गर्दै करबाचौथ पर्व मनाएको महोत्तरीको सदरमुकाम जलेश्वर–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पूजारी पण्डित उपेन्द्र पाठकले बताउनुभयो ।

मिथिलानीहरुले आइतबार दिनभरि उपवास गरेर राति चन्द्रमा उदाएपछि पूजा अर्चना र दर्शनपछि पतिको पूजा अर्चना र दर्शन गरी पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गरेका हुन् । पतिलाई प्रसाद र पकवानहरु खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गरेको जलेश्वर–८ का पण्डित बद्रीनारायण झाले बताउनुभयो ।

यस पर्वमा चन्द्रमाको पूजा गरिने तथा चन्द्रमाकै रुपमा आआफ्ना पतिलाई पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घ आयुको कामना गर्ने चलन रहेको जलेश्वर–२ की व्रतालु रानी साहले बताउनुभयो । यस पर्वमा मिथिलानीहरु राति रङ्गीचङ्गी नयाँ नयाँ बस्त्र, चुरा, पोते, विभिन्न गर गहना, सिउँदोमा सिन्दुरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्ना (जालीसहितको आँटा छान्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमाको दर्शन गर्छन् । चन्द्रमाको दर्शन गरेपछि पुन: सोही चाल्नामा चन्द्रमाको ठाउँमा आआफ्ना पतिलाई उभ्याएर पतिको दर्शन र पूजा अर्चना गर्ने जलेश्वर–२ कै अर्का व्रतालु महिला रुना चौधरीले बतनाउनुभयो ।

करबाचौथ पर्व मधेसको महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा, सप्तरी, मोरङ र भारतको बिहार राज्यको मधुबनी, सीतामढी, मुजफ्फरपुर, पटना, दरभङ्गालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाइन्छ  । रासस




भर्खरै