२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

निजी आवास पुनर्निर्माणका लागि आगामी वैशाखसम्मको समयसीमा तोकियो

निजी आवास पुनर्निर्माणका लागि आगामी वैशाखसम्मको समयसीमा तोकियो
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि आगामी वैशाखसम्मको समयसीमा तोकेको छ । विनाशकारी भूकम्प र परकम्पबाट क्षतिग्रस्त निजी आवासको पुनर्निर्माणको अवस्था भने निराशाजनक देखिएको अवस्थामा सो निर्णय गरिएको हो । अनुदान लिन समयसीमा नाघिसक्दा विशेषतः दोस्रो र तेस्रो किस्ता नलिनेको संख्या अत्यधिक भएको अवस्थामा प्राधिकरणले सो निर्णय गरेको जनाएको छ । प्राधिकरण कार्यकारी समितिको हालै बसेको बैठकले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नुपर्ने निर्णय भएको सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । भूकम्पका कारण क्षति पुगेर बस्न नमिल्ने भएका संरचना पुनर्निर्माण गर्न सरकारले ३ लाख रुपियाँ सहयोग गर्दै आएको छ । सो रकमलाई ५० हजार, डेढ लाख र एक लाख रुपियाँको तीन किस्तामा विभाजन गरिएको छ । भूकम्प प्रतिरोधी घर बनाउनका लागि रकम दिइएकाले सरकारले तोकेको मापदण्ड पूरा गरेर घर बनेको छ कि छैन भन्ने कुरा हेरेर मात्रै थप रकम निकासा गरिन्छ ।

पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । प्राधिकरणको कार्यावधि नै सकिन लागेकाले यो नै अन्तिम समयसीमा हुने उहाँले बताउनुभयो । निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन पनि प्राधिकरणले आह्वान गरेको छ ।

प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रबलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)मा निवेदन दिन पनि आग्रह गरेको छ ।
अन्य जिल्लामा भन्दा काठमाडौं र भक्तपुरसँगै ललितपुरमा फरक किसिमका समस्या देखापरेकाले पुनर्निर्माण प्रक्रिया सुस्त हुन पुगेको हो । कम जग्गा हुने, जग्गा र घरमा धेरै जनाको स्वामित्व हुने र एउटा घर भत्काउनुपर्दा अर्को घरमा समेत असर पर्ने भएकाले पुनर्निर्माण सुस्त भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयनले जनाएको छ । पहिलो किस्ता लिन नसक्नुमा संयुक्त पुर्जाका कारण मञ्जुरीनामा र अंशबन्डा विवाद, संयुक्त नाउँमा रहेका वा हक लाग्ने सम्पत्ति एकको नाममा मात्र पीडित प्रमाणपत्र बन्ने, लाभग्राही मृत्यु भएर नामसारी कार्य बाँकी भएर गुठी घर भएकाले पुर्जा नभएर, घरजग्गा सम्बन्धित पारिवारिक विवाद, पुर्जा आफ्नो नाममा नभएकालगायत रहेका छन् ।

त्यसै गरी दोस्रो किस्ता लिन नसक्नु मुख्य कारण घर बनाउन आर्थिक अभाव नै रहेका छन् भने दोस्रो किस्ता लिएकाले पनि तेस्रो किस्ता लिन नसक्नुमा मापदण्डअनुसार घर नहुनुको मुख्य कारण रहेको पाइएको छ । नेपाल समाचारपत्र दैनिक