२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

जो बाइडेनका अबका चुनौतीहरु…

जो बाइडेनका अबका चुनौतीहरु…
अ अ+ अ-

बोस्टन (संयुक्त राज्य अमेरिका) । जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभर विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन् । अमेरिकी जनताको सर्वाधिक ठूलो प्रतिक्रिया भने यस्तो छ– यो निर्वाचनमा बाइडेन निर्वाचित भएका होइनन्, राष्ट्रपति ट्रम्प हारेका हुुन् ।’’एउटाको हारमा अर्काको जित त हुन्छ नै । यसलाई जे जसरी अथ्र्याए पनि सही नै लाग्छ तर सामान्यतः दोस्रो कार्यकालमा पराजय भोग्ने थोरै अभागी राष्ट्रपतिको सूचीमा ट्रम्पको नाम पनि समावेश भएको छ । अमेरिका विश्वको पहरेदार सिपाही भएका कारण बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि (जनवरी २०) देशभित्र र देश बाहिरका अनगिन्ती समस्यासँग जुध्नुपर्ने छ । अमेरिकी मूल्य र मान्यतामाथि धावा बोलिएको ट्रम्प कार्यकालको समीक्षा गर्र्दै यसको पुनरुत्थान वा वापसीमा विशेष जोड दिनुपर्नेछ । स्वतन्त्रता र न्यायको आदर्श परिभाषा स्थापित गर्नुपर्ने छ । भत्किएका जनविश्वास पुनः जागृत गर्नुपर्नेछ । देशभित्रको अहिलेको सबैभन्दा जल्दोबल्दो समस्या भनेको कोरोना भाइरस (कोभिड–१९) को आतङ्क नै हो । यसले करिब दुई लाख ३४ हजार अमेरिकी नागरिकको ज्यान लिइसकेको छ ।

कोरोनालाई हल्का रूप लिएका कारण ट्रम्पको ह्वाइट हाउसबाट बहिर्गमन हुनुपर्ने एक प्रमुख कारकका रूपमा रहेको छ । यसबाहेक उहाँको बोलीचाली, व्यवहार, जनमानसमा भ्रम छर्ने, विज्ञानलाई नै चुनौती दिने किसिमका हल्का टिप्पणी र झुटका पुलिन्दाले पराजयलाई मलजल गरेको अमेरिकी सञ्चार माध्यमको विश्लेषण छ । बाइडेनसँग राष्ट्र र परराष्ट्रसँगको बहुआयामिक नेतृत्व गर्नसक्ने क्षमता, आँट र लामो अनुुभव छ । करिब चार दशक लामो सिनेटरको अनुभव त छ नै उहाँसँग, आठ वर्ष लामो उपराष्ट्रपतिको गहकिलो र दर्बिलो अनुभव छ । त्यसमाथि उनले एक सक्षम महिला कमला ह्यारिसलाई उपराष्ट्रपतिको जिम्मा दिएका छन् । कमला अमेरिकाको २४४ वर्षको इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुन्। उनी क्यालिफोर्निया राज्यको पहिलो एटर्नी जनरल तथा पहिलो अश्वेत सिनेटर हुन् ।

बाइडेनका लागि समय सजिलो छैन, धेरै कठिन छ । अमेरिकाको राजनीति विभाजित छ, ध्रुवीकृत छ । रङ्गभेद आरोप प्रत्यारोप चलिरहेको छ । एउटाले चिया खाएको ठाउँमा अर्को पार्टीको सांसद नजाने परिपाटीको विकास भएको छ । उनले यसलाई एउटै अमेरिका बनाउने भने पनि सहज छैन । अमेरिकामा कोरोना भाइरस निराकरण गर्नसक्ने अचुक खोप नबनिसकेको परिप्रेक्ष्यमा उनले कसरी र कस्तो प्रकारले यसलाई सामान्य रूपमा ल्याउन सक्नुहुनेछ त्यो अमेरिकी जनताको प्रतीक्षाको विषय हो । सेतो घरमा पुगेपछि विश्वभरका राष्ट्रसँग नयाँ सम्पर्क, सम्बन्ध र सम्झौताहरू गर्नुपर्नेछ । यसका लागि उहाँले रातदिन खट्नुपर्नेछ । ७८ वर्षीय बाइडेनका लागि यी सबै कुरा सहज हुुँदैनन् । यो महाव्याधिका बेला झन् जनता अस्थिर र मानसिक रूपले बिरामी पनि छन् । मानिस रोजगारी नपाएर पीडित छन् । स्वास्थ्य समस्या बग्रेल्ती छन् । जलवायु परिवर्तनमा अमेरिकाको भूमिका कुन र कस्तो प्रकारले हुनेछ, शिक्षालाई कसरी अगाडि बढाउने भन्ने समस्या छ । राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले विविध आस्था, जाति, धर्म, लिङ्गको भेद नगरी आफूले पहिलो दिनदेखि नै कडा परिश्रमका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । गोरखापत्र दैनिक