२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

प्रम ओलीको नेपालसँग आग्रहः ‘पार्टी फुटको डिलमा छ, जोगाइदिनुस् !’

प्रम ओलीको नेपालसँग आग्रहः ‘पार्टी फुटको डिलमा छ, जोगाइदिनुस् !’
अ अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सम्बन्ध तिक्ततापूर्ण बन्दै गएपछि पूर्वएमालेका नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । उनले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर करिब २ घण्टा छलफल गरे । गुटगत तिक्तता चुलिएपछि पार्टीका औपचारिक बैठकहरूमा मात्रै भेट्ने गरेका ओली र नेपालबीच कात्तिकमा मात्रै चारपटक लम्बेतान बहस भएको छ । साउन ९ गतेको भेटयता संवाद नगरेका ओली र नेपालबीच कात्तिक ४, ९ र ११ गते भेट भएको थियो । आइतबार भने नेपालले आफ्नो समूहका स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि साथमा लगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले पार्टी फुटको डिलमा पुगिसकेको बताउँदै त्यसबाट जोगाउन नेताहरूसँग आग्रह गरेका थिए । ‘हामीले पहिले पनि कार्यदलका तर्फबाट समस्या समाधान गर्न प्रयास गरेका नै हौं, त्यो पनि जहाँको त्यहीं भयो, पार्टी निर्णय मान्ने तत्परता देखिएन भन्यौं,’ स्थायी कमिटी सदस्य पाण्डेले भने, ‘प्रधानमन्त्रीले त्यो भन्दा गम्भीर कुरा त पार्टी फुटको डिलमा छ भन्नुभयो । तपाईंसँग समाधानको प्रस्ताव, योजना र सोच के छ भनेर सोध्दा त्यस्तो ठोस कुरा केही गर्नुभएन ।’

अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार मात्रै प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठक बोलाउनका लागि सहमति जनाउन आग्रह गरेका थिए । ओलीले अध्यक्षद्वयको सहमतिमा महासचिवले बैठक बोलाउने परम्परा रहेको भन्दै कुनै दिन बोलाइने बताएका थिए । आइतबार नेपालसहितका नेताहरूले पनि पार्टीमा देखिएका सबै समस्याको हल बैठकबाटै हुने भन्दै क्रमशः सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने बताएका थिए । तर ओलीले छलफल हुने विषय र एजेन्डाबारे दुई अध्यक्षबीच सहमति भएपछि मात्रै बैठक बोलाउनुपर्ने जवाफ दिएको नेता पन्तले जानकारी दिए । ओलीले छलफलको अधिकांश समय नेताहरूकै बारेमा टिप्पणी गरेर बिताएका थिए । ‘त्यसपछि हामीले यस्ता ह्यानत्यान कुरा गरेर हुँदैन, अब पार्टी एकता बचाउने ठोस योजना के हो त्यो भन्नुस् भन्यौं,’ नेता पाण्डेले भने । ओलीले आफूलाई पार्टीकै नेताहरूबाट असहयोग भएको गुनासो गरेका थिए । प्रधानमन्त्रीले पार्टी संकटमा छ भनेपछि अरू नेताले कसको कारण पार्टी संकटमा परेको हो त भनेर सोधेका थिए । ‘पार्टीलाई फुट्न नदिने कुरामा साथ छ, तपाईं पार्टीको अध्यक्ष, तपार्इं पार्टीको प्रधानमन्त्री, पार्टी संकटमा आउँदा सबैभन्दा धेरै जिम्मेवारी पनि त तपाईंको होला, त्यो जिम्मेवारी तपाईंले अनुभव गर्नुपर्‍यो, पार्टी फुट्यो भने दोष मलाई आइलाग्छ भन्ने महसुस गर्नुपर्‍यो भन्यौं,’ स्थायी कमिटी सदस्य पन्तले भने, ‘त्यसका लागि पार्टी बैठक बोलाउनुपर्‍यो, पार्टीका निर्णयहरू कार्यान्वयन गर्नुपर्‍यो, निर्णयलाई क्रमशः कार्यान्वयन गर्दै जाऔं भनेका छौं ।’

बैठकमा प्रधानमन्त्री ओलीभन्दा वरिष्ठ नेता नेपाल लामो समयसम्म बोलेका थिए । नेपालले पार्टी अहिले गम्भीर संकटमा पर्नुको कारण ओली नै रहेको बताएका थिए । ‘तपाईं त मेरो पुरानो साथी हो । पार्टी कसरी निर्माण भयो भन्ने थाहै छ । यो पार्टी एउटा व्यक्तिले निर्माण गरेको हैन । तपाईंले निर्माण गरेको हैन, मैले निर्माण गरेको हैन, हामी दुई जनाले मात्रै पनि निर्माण गरेको हैन । धेरै कार्यकर्ताको रगत पसिना मिसिएको छ । स्थापना कालदेखि सामूहिक नेतृत्व प्रणालीमा निरन्तर रूपमा अगाडि बढेको हो । कुनै एउटा व्यक्तिको प्रयन्त र प्रयासले बनेको हैन,’ नेपालले ओलीलाई भनेका थिए, ‘अहिले आएको सबै समस्याको कारण भनेको तपाईंको एकलौटीपना हो । तपाईंको आफ्नो मन लागेको गर्ने प्रवृत्तिले यो समस्या आएको हो । त्यसैले अलिकति फर्केर आफूलाई हेर्नुस्, ऐनामा पनि हेर्नुस् आत्मालोचना गर्नुस् । तपाईं कहिल्यै आत्मालोचना गर्नुहुन्न, कहिल्यै गल्ती गरें भन्ने ठान्नुहुन्न ।’

नेता नेपालले सामूहिक प्रयासले नै समाधान निकाल्ने भन्दै दुई जना मिल्ने र तेस्रोलाई एक्ल्याउने गतिविधि नगर्न ओलीलाई सुझाव दिएका थिए । ‘तपाईं व्यक्तिव्यक्तिका टिप्पणी धेरै गर्नुहुन्छ, आफ्नो सुर छाड्नुहुन्न, मदन भण्डारी फाउन्डेसन बनाइरहनुभएको छ, हिजै पनि ईश्वर पोखरेलले काठमाडौंमा भेला गर्नुभयो,’ उनले ओलीसँग भनेका थिए । नेपालको कुरा सुनिसकेपछि ओलीले फाउन्डेसनको गतिविधि रोक्नै नमिल्ने बताए । ‘मदन भण्डारी फाउन्डेसन त बन्छ, बनिरहन्छ,’ उनले भने । सचिवालय सदस्य पोखरेलले शनिबार काठमाडौं जिल्लाका पूर्वएमाले नेताहरूसँग अन्तरक्रिया गरेका थिए भने शुक्रबार उनले आफ्नो निर्वाचन क्षेत्रमा छलफल चलाएका थिए । नेकपा स्रोतका अनुसार पोखरेलले अहिले पूर्वएमालेका नेताहरूसँग छलफल गर्ने र जबजलाई पार्टी लाइन मानेर अघि बढ्नुपर्छ भनेर प्रशिक्षण दिने काम गरिरहेका छन् । गत बुधबार मात्रै प्रधानमन्त्री ओली र सचिवालय सदस्य पोखरेलले प्रदेश १ का आफूनिकट नेताहरूको भर्चुअल भेला राखेर जबजका पक्षमा माहोल बनाउन निर्देशन दिएका थिए । जबजलाई पार्टीको लाइन मान्दा पूर्वएमाले नेताहरू एक ठाउँमा आउने आकलन ओली पक्षीय नेताहरूको छ । त्यसैको प्रयासस्वरूप पूर्वएमालेका नेताहरूसँगको संवादलाई ओलीले तीव्रता दिएका हुन् ।

ओलीसँग आइतबार भएको भेटमा सहभागी स्थायी कमिटी सदस्य रावलले पार्टीभित्रको विवाद मिलाउने जिम्मा नेतृत्वको नै भएको बताए । ‘हामीले पहिले पनि पार्टी एकताका लागि बुद्धि र विवेक लगाएर काम गरेका हौं, परिणाम देखिएन,’ उनले भने, ‘अहिले विवाद समाधान गर्ने कुरा हाम्रो हातमा छैन, उहाँहरूकै हातमा छ । अझ अध्यक्ष र प्रधानमन्त्री पनि भएकाले केपीजीको भूमिका झन् धेरै छ ।’ पार्टी एकीकरण भएदेखि पूर्वएमालेका नेपाल पक्षधरहरूलाई ओलीले ‘कर्नर’ मा पार्दै आएका छन् । अर्का अध्यक्ष दाहालसँग मिलेर ओलीले गरेका पार्टीका तीनवटा निर्णयमा असहमति जनाउँदै वरिष्ठ नेता नेपालले लिखित ‘नोट अफ डिसेन्ट’ राखिसकेका छन् । एकता यताको झन्डै साढे २ वर्षमा नेपालले थुप्रै विषयमा मौखिक असहमति जनाउँदै आएका छन् ।

पोहोर भदौ ५ गते ओली उपचारका लागि सिंगापुर जाँदै गर्दा ओली र नेपालबीच भएको तिक्ततापूर्ण संवादपछि नेपाल आफैं समय लिएर ओलीलाई भेट्न गएका छैनन् । उनीहरूबीच यही वर्षको पनि वैशाख दोस्रो सातापछि साउन ९ र त्यसपछि कात्तिक ४ गते एक्लाएक्लै भेट भएको हो । आइतबार पनि ओलीले नेपाललाई एक्लै भेट्न बोलाएका थिए । तर पार्टीभित्र गहिरो मतभेद रहेका बेला एक्लै भेट्दा शंकाको वातावरण बन्ने भन्दै उनले आफ्नै टिमका रावल, पाण्डे र पन्तलाई पनि लगेका थिए । कान्तिपुर दैनिक