२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

रिलेबलिङ् गरि खाद्यान्न बजार पठाउने व्यापारीमाथि एक वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना

रिलेबलिङ् गरि खाद्यान्न बजार पठाउने व्यापारीमाथि एक वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना
अ अ+ अ-

काठमाडौं । मिति सकिएका उपभोग्य वस्तु बजारबाट संकलन गरी नयाँ मिति राखेर पुनः बजारमा पठाउने दुई व्यापारीमाथि कारबाही भएको छ । उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गर्ने  उनीहरूलाई अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तोकेको छ । १५ असोजमा विभागले प्रहरीको समन्वयमा कलंकी क्षेत्रमा गरेको अनुगमनमा घरभाडा लिएर मिति सकिएका खाद्यान्न राख्ने र नयाँ मिति राखेर पुनः बजारमा पठाउने गरेको भेटिएको थियो । सो कार्यमा आयान डिस्ट्रिब्युटरका सञ्चालक रोनक बोथरालगायत आठजना घटनास्थलबाटै पक्राउ परेका थिए । पक्राउ परेकामध्ये भारत राजस्थान घर भई काठमाडौं बस्दै आएका बोथरा र धादिङ गल्छी गाउँपालिका–३ घर भई कुलेश्वर बस्दै आएका शंकर बयलकोटीले गम्भीर लापरबाही गरेको पुष्टि गर्दै विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले थुनामा पठाएका थिए ।

सो मुद्दाको आइतबार फैसला गर्दै महानिर्देशक सुवेदीले बोथरा र बयलकोटीलाई एक–एक वर्ष कैद र जनही तीन लाख रुपैयाँ जरिवाना तिराउने पैmसला गरेका हुन् । ‘मिति सकिएको खाद्यवस्तु उपभोगहीन मानिन्छ । यस्तो वस्तु बजारबाट उठाउने र नयाँ मिति राखेर पुनः बजारमा पठाउने कार्य जघन्य अपराध हो,’ सुवेदीले भने, ‘त्यसैले उपभोक्ता संरक्षण ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गरी कैद र जरिवाना तिराउने फैसला गरेको हुँ ।’ आयान डिस्ट्रिब्युटरले ओरियो बिस्कुट, स्निकर चकलेट, बर्नाभिटा बिस्कुट, प्रिन्जल्स, युनिलिभर कम्पनीका केही उत्पादनसमेत बजारबाट उठाई रि–लेबलिङ गरी पुनः बजार पठाएको पुष्टि भएको थियो । अनुगमनलगत्तै समातिएका दुवैजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । पूर्ण फैसलाले कैद सजाय तोकेपछि उनीहरू सजायको भागिदार भएको सुवेदीले बताए ।

यो कार्यमा न्यु प्लाजा बस्ने पुष्पा अग्रवाल मुख्य योजनाकार रहेको ठहर्दै महानिर्देशक सुवेदीले घटनाको अनुसन्धान हुन्जेलसम्मका लागि अग्रवाललाई एक करोड धरौटीमा छाडेका थिए । त्यस्तै गोदामबाटै पक्राउ परेका मुन्ना ठाकुर, पप्पु ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र विक्रमप्रसाद गुप्तालाई चार लाख धरौटी लिइएको थियो । यी सबैलाई पूर्ण फैसलामार्फत जनही तीन लाख १२ हजारका दरले जरिवाना तिराउने निर्णय भएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंको सक्रियतामा महाराजगन्ज क्षेत्रबाट पनि खाद्यवस्तुमा रिलेबलिङ गर्दैगर्दाको अवस्थामा तीनजना जितेन्द्र होलिया, मुकेश रौनियार र अनित भन्ने आशिष मगर पक्राउ परेका थिए । उनीहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाहीका लागि अनुसन्धान प्रक्रिया चलुन्जेलका लागि प्रतिव्यक्ति पाँच लाखका दरले धरौटी राख्न लगाई छाडिएको थियो । आइतबार नै उनीहरूको पनि पूर्ण फैसला गर्दै महानिर्देशक सुवेदीले लोहियालाई तीन लाख र रौनियार तथा मगरलाई जनही डेढ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला गरेका छन् । ‘जिल्ला प्रशासन कार्यालय काठमाडौंको मुद्दामा भने मिति सकिएको खाद्यवस्तुमा नयाँ मिति राखेर बजार पठाउने गरेको विषय ठ्याक्कै पुष्टि गर्न गाह्रो भयो । त्यसैले आर्थिक जरिवनाको मात्र निर्णय भएको हो,’ उनले भने ।

विभागको महानिर्देशकले तोकेको कैद र जरिवानाको सजाय चित्त नबुझे सम्बन्धित जिल्ला अदालतमा ३५ दिनभित्र पुनरावलोकन गर्न पाउने व्यवस्था छ । बजार अनुगमन प्रभावकारी बनाउने भन्दै असोज ०७५ मा ल्याइएको उपभोक्ता संरक्षण ऐनले वाणिज्य विभागलाई अर्धन्यायिक अधिकार दिएको छ । अनुगमन टोलीमा खटिएका निरीक्षण अधिकृतले व्यवसायी पक्राउ गर्ने र थुनामा पठाउन सक्ने भनिएको छ । त्यस्तै, महानिर्देशकलाई कसुरका आधारमा कम्तीमा ५० हजार रुपैयाँ जरिवानादेखि तीन महिनादेखि एक वर्षसम्म कैद सजाय तोक्न सक्ने अधिकार दिइएको छ । 

साढे तीन करोडको उपभोगहीन वस्तु नष्ट
अनुगमनका क्रममा जफत गरेका करिब साढे तीन करोड रुपैयाँ मूल्यबराबरको उपभोगहीन वस्तु नष्ट गर्ने निर्णयसमेत भएको छ । आयान डिस्ट्रिब्युटरको गोदामबाट दुई करोड ९४ लाख रुपैयाँबराबरको खाद्यवस्तु जफत गरिएको थियो । सो वस्तु नष्ट गर्ने निर्णय भएको छ । त्यस्तै, महाराजगन्जबाट प्रहरीले बरामद गरेको वस्तुको मूल्य ४४ लाख ३१ हजार नौ सय ९५ रुपैयाँ छ । नयाँ पत्रिका दैनिक