काठमाण्डौ । नेपाल बिद्युत प्राधिरकणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेब शाक्य नियुक्त हुनु भएको छ । उर्जा मन्त्रालयले अर्को ब्यवस्था नहुदा सम्मका लागि शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेबारी दिएको हो ।
हाल बिद्युत प्राधिकरणको उप कार्यकारी निर्देशक रहनु भएका शाक्यलाई एनईए इन्जिनियरिङ कम्पनी बाट काज फिर्ता बोलाई बिद्युत प्राधिकरणको जिम्मेबारी दिईएको हो । यस अघि प्राधिकरणको कार्यकारी निर्देशकको को कार्यकाल सकिएपनि कुलमान घिसिङ्गलाई नियुक्त गर्नुपर्ने भन्दै सरकार माथी दवाब परेको थियो ।
शाक्य प्रसारणलाइनको बिज्ञका रुपमा चिनिनुहुन्छ । चार बर्ष अघि अघि कुलमान घिसिङ्गलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने समयमा पनि शाक्य प्रतिस्प्रर्धामा हुनुहुन्थो ।











