९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)

अलिबाबा र सिङ्गल डेको कथा

अलिबाबा र सिङ्गल डेको कथा
अ अ+ अ-

अंग्रेजी महिना फेब्रुअरी १४ तारिखलाई विश्वव्यापी रुपमा प्रेमदिवसका रुपमा मनाएजस्तै चिनियाँहरु नोभेम्बर ११ लाई एकल दिवस अर्थात् सिङ्गल डेका रुपमा मनाउँछन्। हिजोआज सिङ्गल डेभन्दा पनि यसलाई विशेष छुटमा किनमेल गर्ने दिवसका रुपमा मनाउन थालिएको छ। इन्टरनेटबाट एकैदिन सबैभन्दा धेरै किनमेल हुने दिन पनि हो यो।

सन् १९९३ मा नाचिङमा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले एकल दिवस मनाउन सुरु गरेका हुन्। लैङ्गिक असमानताले चिनियाँ युवाले जोडी नपाउने र जोडी पाइहाले पनि बिबाह परम्परा अत्यन्त महङ्गो भएकाले थुप्रै चिनियाँ युवाहरु एकल जीवन बिताउन बाध्य भएका छन्। एकल जीवन बिताउन बाध्य हुने युवाहरुले फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका विरुद्धमा नोभेम्बर ११ लाई एकल दिवस मनाउन थालेका हुन्। एकल दिवसमा नोभेम्बर ११ नै छनोट हुनुको कारण चाहिँ यो दिन एघार महिना एघार तारिख भएर चारवटा एक अर्थात् वर्षभरिमा सबैभन्दा धेरै एकको संख्या पर्ने दिन भएकाले हो। यसको सन्देश म एक्लै छु भन्ने हो।

सन् १९७८ देखि चीनले लिएको एक सन्तानको नीतिले चीनमा लैङ्गिक असमानता रहेको छ। चीनको जनसंख्यामा एक सय महिलाको अनुपातमा एक सय १८ पुरुष रहेका छन्। अहिले चीनमा ३० वर्षभन्दा कम उमेरमा महिलाभन्दा पुरुषको संख्या ३ करोड ५० लाखले बढी छ। यही समस्यालाई मध्यनजर राख्दै चीनले सन् २०१६ देखि एक सन्तानको नीति हटाएर दुई सन्तानको नीति लिएको छ।

एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा अहिले बिहे गर्ने उमेरका साढे तीन करोडभन्दा बढी युवाले युवती पाउँदैनन्। जोडी पाउने युवा पनि बिहेमा हुने खर्चका कारण बिहे नगरिकन एकल बस्न थालेका छन्। चीनका दश वटा ठूला शहरमा विवाह गर्ने खर्चका बारेमा विभिन्न भएका सर्वेक्षणमा पैचिङ, शाङहाई, शनचन लगायत चीनका पहिलो पंक्तिका शहरहरुमा विवाहको खर्च २० लाख युआनभन्दा बढी पुगेको छभने हाङ चौ, क्वाङ चौ, नानचिङ आदि शहरमा विवाहको खर्च १० लाख युआन बराबर छ।

सन् १९९३ बाट सुरु भएको एकल दिवस सीमित चिनियाँहरु युवापुस्तामा अल्झिएको थियो। सन् २००९ मा अलिबाबाले यो दिवसमा विशेष छुट दिन थालेपछि करोडौँ चिनियाँहरु यो दिवसमा रमाउन थालेका छन्। यद्यपि अलिबाबाले एकल दिवसमा दिने छुट सबैमा लागू हुने गरेको छ। अलिबाबाले सन् २००९ को नोभेम्बर ११ तारिख पहिलोपटक एकल दिवसका अवसरमा विशेष छुटमा खरिद गर्ने सुविधा उपलब्ध गराएको थियो। यस सुविधा अन्तर्गत अलिबाबाको इन्टरनेट प्लेटफर्ममार्फत सन् २०११ मा ८२ करोड डलरका सामान किनमेल भएको थियो भने २०१२ मा ३ अर्ब ४ करोड डलरको कारोबार भएको थियो। सिङ्गल डेका अवसरमा अलिबाबाको वेभसाइटबाट हुने कारोबार हरेक वर्ष बढ्दै गएको छ। २०१३ मा ५ अर्ब ८० करोड, २०१४ मा ९ अर्ब ३० करोड र २०१५ मा १४ अर्ब ३० करोड डलरको कारोबार भएको थियो। यस्तै गरी सन् २०१६ मा १७ अर्ब ७९ करोड, २०१७ मा २५ अर्ब ३० करोड, २०१८ मा ३० अर्ब ८० करोड र गत वर्ष सन् २०१९ मा ३९ अर्ब ४० करोड डलरको कारोबार भएको थियो। अलिबाबाले आफ्ना भगिनी संस्था थाउपाउ र टिमलबाट नोभेम्बर ११ मा विशेष छुट दिने गरेको छ।

अलिबाबाले सन् २०१२ डिसेम्बर २८ तारिखमा एकल दिवसलाई चीनमा दर्ता गराएर आफ्नो सर्वाधिकार सुरक्षित गरेको छ। एकल दिवसमाथि कानुनी रुपमै एकाधिकार जमाएको अलिबाबाले यो दिवसका अवसरमा विशेष छुट भनेर अन्य कुनै पनि अनलाइनले विज्ञापन गरेमा मुद्दा चलाउने चेतावनी सन् २०१४ को अक्टोबरमा दिइसकेको थियो। चेतावनीका वावजुद इन्टरनेटका प्राय प्लेटफर्ममा एकल दिवसका अवसरमा छुटका विज्ञापन देख्न पाइन्छ। तर पनि अनलाइनबाट विशाल कारोबारमा भने अलिबाबाको बर्चश्व रहेको छ।

अलिबाबा सन् १९९८ मा चीनको चच्याङ प्रान्तको हाङचौमा स्थापना भएको हो। हाङचौ शहरमा मा युन नामका एक जना चिनियाँ युवाले स्थापना गरेको अलिबाबाले सन् २०१४ को सेप्टेम्बर १९ तारिख विहान साढे नौ बजेदेखि न्युयोर्क स्टक एक्सचेन्जमा स्टक बिक्री गर्न थालेको हो। सोही दिन न्युयोर्क स्टक एक्सचेन्जको कारोबार बन्द हुँदा अलिबाबाको कुल मूल्य करीब दुई खर्ब चालीस अर्ब अमेरिकी डलर पुगेको थियो। अहिले अलिबाबा गुगलपछि विश्वको दोस्रो ठूलो इन्टरनेट कम्पनी बन्न सफल भएको छ। चिनियाँ मा युनलाई पश्चिमी राष्ट्रमा ज्याक मा भनिन्छ। उनी चीनकै सबैभन्दा धन्याढ्य व्यक्तिमा पर्छन्।

अलिबाबाले सुरु गरेको एकल दिवसको छुट चीनमा संस्कृतिको रुपमा विकास भएको छ। बजारमा एक साता अगाडिदेखि विशेष छुटमा सामान बिक्री गरिन्छ। अनलाइनमा त ठूलो छुटमा बिक्री गर्ने चलन छ। नोभेम्बर १० तारिख मध्यराति १२ बजेदेखि ११ तारिखको मध्य राति १२ बजेसम्ममा दिइने छुटमा भएको कारोबार मात्र माथि दिएको परिमाण हो। यो २४ घण्टामा कयौँ चिनियाँहरु सामान किन्नका लागि पर्खेर बसेका हुन्छन्। सन् २०१४ को नोभेम्बर ११ तारिखमा ५५ सेकेण्डभित्रै दस करोड चिनियाँ युआनको कारोबार अनलाइन मार्फत भएको थियो। सोही दिन बिक्री भएका महिलाका भित्री पोशाकलाई एउटा थुप्रो बनाउँदा त्यसको उचाइ सगरमाथाको भन्दा तीनगुना बढी हुने कुरा चिनियाँ अनलाइन सेवा थाउपाउले जनाएको छ। एकै दिनमा एउटै वेभसाइटबाट यतिको बिक्री हुने र लाखौँ मानिसले एकैचोटी वेभसाइटबाट सामान अर्डर गर्ने हुनाले कतिपय अवस्थामा वेभसाइटले काम गर्न नसकेर निश्क्रिय हुने अथवा अर्डर लिन नसकेर फेरि प्रयास गर्नुहोला भन्ने सन्देश बारम्बार आउने भएकाले चिनियाँहरु रातभर इन्टरनेटमा सामान अर्डर गर्न व्यस्त हुन्छन्।

अलिबाबाका अनलाइन मञ्चबाट अर्डर गरिएका सामान डेलिभरी गर्न पनि विशेष तयारी गरिएको हुन्छ। केही वर्ष अगाडिको सिङ्गल डेमा अनलाइन मार्फत अर्डर गरिएका सामानलाई डेलिभरी गर्न चीनमा २० लाखभन्दा बढी व्यक्ति खटाइएको थियो भने ४ लाख सवारी सामानबाट सामान ढुवानी गरिएको थियो। पाँच हजारवटा वायर हाउस प्रयोग गर्दै २ सयवटा हवाइजहाज सामान आपूर्तिमा प्रयोग भएको पिपुल्स डेलीले लेखेको छ। सन् २०१५ को नोभेम्बर ११ को अफरमा प्रतिमिनेट सामान अर्डर गर्नेको संख्या एक लाख बीसहजार थियो। सुरुको एक घन्टामा २ करोड ७० लाखवटा सामान अर्डर भएको थियो।

चीनबाट सुरु भएको एकल दिवसमा गरिने अनलाइन सपिङको छुटलाई अलिबाबाले चीनको मुख्यभूमि बाहेक हङकङ र मकाउमा तथा अन्य देशमा पनि विस्तार गरेको छ। नेपालमा पनि दराज कम्पनीमा अलिबाबाको साझेदारी छ। दराजले यस नोभेम्बर ११ तारिखमा विशेष छुटमा समान बिक्री गर्ने बताएको छ।

सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यको फेसबुक बाट