२१ आश्विन २०८१, सोमबार
,
Latest
निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहडमा नीति बनाउनु हुँदैनः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपय नीति बनाउँदा लहडमा बनाइने तर पछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै नीतिहरु बनाउँदा दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने बताउनु भयो ।

उहाँले सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन गरेको भएपनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरु लहडमा बनाउने र लहडमा बन्द गर्ने गर्नु नहुने बताउनुभ यो । उहाँले अनुगमनको हिसावले मात्रै राजश्व बढ्न भन्ने नहुने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले कतिपय चिजहरु नयाँ पोलिसीहरु बनाउने क्रममा कतिपय चिजमा नियम, कानूनहरु परिवर्तन गर्नुपर्छ । तर त्यो परिवर्तन गर्ने नाममा हाम्रा कतिपय चिजहरु लहडमा भएका छन् । राजश्व परामर्श सुझाव समिति भनेर एउटा बनाइयो । के हिसाबले बनाइयो दुई वर्षपछि फेरि बन्द गरियो । यस्तो किसिमको चिजहरु बनाउँदा हामीले लहडमा बनाउने, लहडमा बन्द गर्ने हुनुहुँदैन । हामीले नीति बनाउँदा दीर्घकालीन फाइदा दिने बनाउनु पर्छ । कतिपय चिजहरु अनुगमनको हिसावले मात्र राजश्व बढ्छ भन्ने हुँदैन ।’

अध्यक्ष ढकालले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्वपूर्ण रहेको बताउनु भयो । स्थिर नीति हुँदा व्यवसायहरु पनिफस्टाउने बताउनु भयो ।

उहाँले नेपालमा स्थिर नीति छ भन्ने विश्वास दिनसके छोटो समयमा नेपालको उद्योग क्षेत्र फस्टाउने बताउनु भयो ।