रुपन्देही । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका ७ का ४७ वर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई कात्तिक २० गते नै कोरोना पुष्टि भएपनि अस्पताल भर्ना भने कार्तिक २१ गते मात्रै गरिएको थियो । उनलाई एचआईभी पोजिटिभ पनि रहेको अस्पतालले जनाएको छ ।