९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)

काठमाडौं जिल्ला प्रशासनको नियमित कार्य मंसिर ३ बाट मात्र हुने

काठमाडौं जिल्ला प्रशासनको नियमित कार्य मंसिर ३ बाट मात्र हुने
अ अ+ अ-

काठमाडौं । कोरोना महामारीका कारण हाल बन्द रहेका नागरिकता वितरणलगायतको सेवा जिल्ला प्रशासन कार्यालय काठमाडौंले  मंसिर ३ गतेदेखि मात्र दिने भएको छ । सो कार्यालयले आगामी मंसिर ३ गतेबाट मात्र दिने गरी कार्यालय खुला गरिने जानकारी आज सूचना प्रकाशन गरेर जानकारी दिएको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई नै कोरोना संक्रमण भएको थियो । कोरोना महामारीको जोखिम उच्च रहेको र कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको भन्दै सो कार्यालयले गएको असोजको अन्तिमदेखि नै कतिपय सेवा स्थगित गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरेर नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा मंसिर ३ गतेदेखि खुला गर्ने जानकारी दिएको हो । 

मंसिर ३ गतेबाट सो कार्यालयले यस जिल्लाका स्थानीय तहहरुलाई बार अनुसार बाँडेर निश्चित बार निश्चित मात्र स्थानीय पालिकाको मात्र सेवा दिने गरी सूचना प्रकाशन गर्ने पनि बताइएको छ । जसअनुसार आइतबार काठमाडौं महानगरपालिकाको वडा नं १ देखि ११ सम्मका बासिन्दाले, सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् ।

त्यस्तै मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं १२ देखि २१ सम्मकाले, बुधबार बुढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ देखि ३२ सम्मकाले र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् ।

यस बाहेकका कार्यालयले दिनुपर्ने अन्य सेवाहरु जस्तै पत्रपत्रिका, संघ संस्था दर्ता र नवीकरणसम्बन्धी सेवा पनि बार अनुसार बर्गीकरण गरेर दिइने कार्यालयले सूचनामा उल्लेख गरेको छ । संघसंस्था दर्ताको काम सोमबार र बुधबार, संघसंस्था नवीकरण आइतबार, मंगलबार बिहीबार र पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्र हुनेछ । प्रतिलिपी पत्राचार सेवा प्रत्येक दिनको ४ बजेपछि दिनेछ ।

उता मुद्धामामिलासम्बन्धी तथा शान्ति सुरक्षासम्बन्धी कार्यहरु भने सम्बन्धित विषयमा हुनुपर्ने समन्वय र छलफलका साथै विपद व्यवस्थापनसम्बन्धी कार्यहरु भने यस कार्यालयले सबै दिन दिनेगरी व्यवस्था गरेको छ ।