२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान News Polar व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ News Polar कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो News Polar साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित

चितवन साहित्य परिषद्का पुरस्कारहरु वितरण…

चितवन साहित्य परिषद्का पुरस्कारहरु वितरण…
अ अ+ अ-

भरतपुर । चितवन साहित्य परिषद्ले स्थापना गरेका विभिन्न पुरस्कारहरू एक समारोहबिच प्रदान गरेको छ । ११२औं लक्ष्मी जयन्तीको अवसर पारेर ती पुरस्कारहरू प्रदान गरेको हो ।
साहित्यकार केदारनाथ खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ती पुरस्कारहरू दिइएको छ । चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार-२०७६ बरिस्ठ निबन्धकार रामबाबु घिमिरेको निबन्धसङ्ग्रह ;केन्द्र र परिधि' लाई दिइएको छ । उक्त पुरस्कारको राशी ५० हजार ४५ रुपैयाँ रहेको छ । त्यसैगरी चिसाप प्रतिभा पुरस्कार-२०७७ प्रकाश पौडेल माइलालाई दिइएको छ । माइलाको अनुपस्थितिमा उनका बुबा चुडामणि पौडेलले पुरस्कार ग्रहण गरे ।

पुरस्कारको राशी १५ हजार ४५ रुपैयाँ छ । हाइकू साहित्यमा खोज र अनुसन्धान गरिरहेका माइला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष हुन् । माइला लामो समयदेखि जापानमा छन् ।
त्यसैगरी चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार- २०७६ 'कुमाता' कथासङ्ग्रह र 'अघटित' उपन्यासलाई संयुक्तरूपमा प्रदान गरिएको छ । 'कुमाता'का लेखक बसन्त पराजुली र 'अघटित'का लेखक गणेशप्रसाद लाठले संयुक्तरूपमा पुरस्कार ग्रहण गरे । पुरस्कारको राशी १५ हजार ४५ रुपैयाँ छ । त्यस्तै चिसाप लीला/नर्मदा साहित्य पुरस्कार-२०७६ ञमोहपथझ कथासङ्ग्रहलाई प्रदान गरियो ।

कृतिका सर्जक ललित बिष्टले पुरस्कार ग्रहण गरे । पुरस्कारको राशी १५ हजार ४५ रुपैयाँ छ । ञमोहपथझ कथासङ्ग्रह मदन पुरस्कार-२०७६ को मनोनयन सुचीमा सुचिकृत पुस्तक हो ।
कोभिड-१९ को महामारीका कारण पुरस्कारका कार्यक्रम गर्न ढिला भएको थियो । अहिले अवस्था सामान्य बन्न थालेपछि थोरै उपस्थितिमाझ कार्यक्रम गरेर स्रस्टालाई सम्मानित र पुरस्कृत गरिएको चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले बताए ।