१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन

नेपाल—कोरिया कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा

नेपाल—कोरिया कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा
अ अ+ अ-

काठमाडौँ । नेपाल—कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ ।

नेपाल र गणतन्त्र कोरियाली दुतावासले मंगलवार साँझ ५० औं वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाएको हो । ५० औं स्वर्ण जयन्तीको अवसरमा दुतावासले कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभुति गराउनका लागि तीनसम्म विभिन्न कार्यक्रमहरू काठमडौंमा आयोजना गरेको हो ।

कोरियाले ५० औं स्वर्ण जयन्तीको अवसरमा ‘कोरियाली डिजिटल कला प्रदर्शनी’ तथा हाजिरी जवाफ र कोरिया भाषा वतृत्वकला प्रतियोगिता समेत गरेको थियो । मंगलवार ५० औं स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवले सहभागिता जनाउनुभएको थियो । नेपाल र कोरिया सरकारबीच कुटनीतिक सम्बन्धसँगै व्यापार र लगानीमा समेत सम्बन्ध बिस्तार हुँदै आएको छ ।

कार्यक्रमा सहभागि उद्योगी व्यवसायीहरुले कोरियाले नेपाललाई महत्व दिएर लगानी र सहयोग गरिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले कोरियाले नेपालको शिक्षा,रोजगार र आर्थिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनु भयो । उहाँले कोरियासँग इपीएस कार्यक्रम सफल भएर नेपालको लागि राम्रो भएको बताउनु भयो । उहाँले कोरिया धेरै विकसित मुलुक भएको भन्दै प्रविधि भित्र्याउन सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालको निजी क्षेत्रले कोरियासँग समन्वय गरेर उद्योग व्यापारमा लगानी भित्र्याउन सक्नुपर्ने बताउनु भयो । उहाँले कोरियासँग नेपालले द्विपक्षीय लगानी सम्झौता ९बीआईए० गरेर जानु आवश्यक देखिएको छ ।

व्यवसायी दीपक मलहोत्राले पनि नेपालमा कोरियाले हाईड्रो,उद्योग र पर्यटनमा लगानी गरिरहेको बताउनु भयो । उहाँले नेपालका सामाग्री कोरियामा निर्यात गर्ने विषयमा पहल भइरहेको बताउनु भयो ।

उहाँले नेपाललाई कोरियाले दिएको महत्वको फाइदा लिन सक्नुपर्ने बताउनु भयो । उहाँले व्यापार र उद्योगको क्षेत्रमा कोरियाको लगानी वृद्धि भइरहेको बताउनु भयो ।