९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो

चलचित्र क्षेत्रलाई निराश नहुन सञ्चार मन्त्री पार्वत गुरुङको आग्रह

चलचित्र क्षेत्रलाई निराश नहुन सञ्चार मन्त्री पार्वत गुरुङको आग्रह
अ अ+ अ-

 काठमाडौ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चलचित्र क्षेत्रलाई निराश नहुन आग्रह गर्नु भएको छ ।  सरकार प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले सभ्य र समुन्नत नेपाल निर्माण हुनेगरी समाज रुपान्तरणमा योगदान पुग्ने गरी चलचित्रहरुको निर्माण गर्न विशेष ध्यान दिनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

शुक्रबार अपरान्ह काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्ड, नेपालको अनुगमन गर्ने क्रममा उहाँले कोभिड–१९ को महामारीले सबै क्षेत्रलाई पीडा दिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भयो । ‘संकटको यस घडीमा कसैले पनि निराश हुने, पलायन हुने गर्नु हुन्न,’ मन्त्री गुरुङले भन्नु भयो,‘कोभिडकै कारण चलचित्र निर्माण समेत हुन नसकेको अवस्थामा त्यसलाई मुकाबिला गरेर अघि बढनुको विकल्प छैन ।’
मन्त्री गुरुङले चलचित्र क्षेत्रमा हाल देखिएको संकटबारे सरकार जानकार रहेको उल्लेख गर्दै यस क्षेत्रमा लगानी प्रवद्र्धनका लागि आवश्यक सुझाव दिन पनि चलचित्र क्षेत्रका लगानीकर्ताहरुबीच छलफल गराउने सोच अघि बढाइएको पनि बताउनु भयो । उहाँले सरकारले साना तथा मझौंला उद्यमीहरु लगानीको अभावमा झनै मारमा परेको उल्लेख गर्दै उनीहरुलाई न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी भईरहेको पनि जानकारी दिनु भयो । 
मन्त्री गुरुङले राष्ट्र र राष्ट्रियता, भाषा, संस्कृति, भूगोल सबैको संरक्षण र सवद्र्धन हुने गरी चलचित्र निर्माण गर्नुपर्नेमा पनि जोड दिनु भयो । हिमाल, पहाड, तराईका दूर्गम गाउँहरुमा जागरण ल्याउने खालका चलचित्र बन्न सकेमात्रै नेपाली चलचित्र क्षेत्रको विकासमा योगदान पुग्ने मन्त्री गुरुङको भनाई थियो । उहाँले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत, कानुनी र संरचना निर्माणमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । 


सो अवसरमा बोल्दै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चलचित्र क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्न लागिपर्ने बताउनु भयो । बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालले चलचित्र निर्माण र हल संचालनका लागि आवश्यक वातावरण बनाईदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो । त्यस अवसरमा मन्त्री गुरुङले बोर्डले निर्माण गरेको हलको पनि उद्घाटन गर्नु भएको थियो ।