२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान



फाइल फाेटाे
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा आज पनि लफडा भएको छ ।

सोमबार उमेर हदको विषयमा विवाद सुरु भएपछि सम्मेलनमा कुटाकुट नै भएको हो ।

काठमाडौँको कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको सम्मेलनमा हिजो पनि लफडा भएको थियो । हिजो महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिसँग २ हजार प्रवेश शुल्क तोकेपछि बन्द सत्र हलमा आन्दोलन भएको थियो ।

लफडा भएपछी हिजो बसेको माओवादी पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो ।

निर्णय नमान्दै २८, ३० र ३२ वर्षको उमेर हदबन्दीबारे दुई पक्षबीच विवाद बढ्दै जाँदा आज पनि कुटाकुट भएको हो ।

झडपका कारण सम्मेलनस्थलको अवस्था तनावपूर्ण बन्न पुगेको छ ।