९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)

लक्ष्मीपूजाका समयमा ऊर्जामन्त्री भारप्रेषण केन्द्रमा

लक्ष्मीपूजाका समयमा ऊर्जामन्त्री भारप्रेषण केन्द्रमा
अ अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्र (एलडिसी) पुगेर देशभरको विद्युत माग र आपूर्ति अवस्थाको बारेमा जानकारी लिनुभएको छ । आज साँझ देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुग्नुभएको हो । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मीपूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुन्छ ।

उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मीपूजाको समयमा विद्युत माग अत्याधिक हुन्छ । विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन कायम रहोस् भनेर आफैं एलडिसीमा उपस्थित भएको मन्त्री पुनले बताउनुभयो । “ तिहारको समयमा बत्ती नजाओस् र सबैले उज्यालोमा लक्ष्मीपूजा गर्ने अवस्था होस् भन्नका लागि माग र आपूर्तिको अवस्थाको प्रत्यक्ष जानकारी लिन र आवश्यक निर्देशनका लागि म त्यहाँ पुगेको हुँ”, मन्त्री पुनले भन्नुभयो । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भएकाले ढुक्कले उज्यालोमा तिहार मनाउन आम देशवासीलाई अपिल गर्नुभयो । सञ्चालक समितिको निर्णयानुसार प्राधिकरणका देशैभरका उत्पादन, वितरण र प्रसारण केन्द्रका प्रमुखलाई तिहारका अवधिमा कार्यालय नछाड्न परिपत्र गरिएको छ ।

भारप्रेषण केन्द्रले देशभरको विद्युत आपूति, माग र वितरणको व्यवस्थापनको काम गर्छ । अत्याधुनिक प्रविधिजडित सो केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत गृहबाट कति विद्युत उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ति छ भन्नेबारे प्रत्यक्ष तथ्याङ्कीय अवलोकन गर्न सकिन्छ । प्राधिकरणका अनुसार आज साँझको समयमा अधिकतम विद्युत माग एक हजार २०० मेगावाट थियो । प्राधिकरणको वितरण प्रणालीमा हाल एक हजार ३०० मेगावाट विद्युत उपलब्ध छ । मागभन्दा बढी विद्युत भएकाले कतै पनि विद्युत अवरुद्ध हुने अवस्था नरहेको प्राधिकरणले जनाएको छ । मन्त्री पुनलाई भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले देशभरको विद्युत उत्पादन र वितरणको अवस्थाबारे अवगत गराउनुभएको थियो । -रासस