६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३३९ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर आज थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा ३३९ जना काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गरिएको थियो । 

यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । आज मंगलवार देखिएका संम्रमितहरुमध्ये २०४ महिला र २९८ पुरुष रहेका छन् । हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।