९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

रेडक्रसद्धारा सरकारलाई सात वटा भेन्टिलेटर सहयोग

रेडक्रसद्धारा सरकारलाई सात वटा भेन्टिलेटर सहयोग
अ अ+ अ-

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो । बिहीबार रेडक्रसकी उपाध्यक्ष सर्मिला कार्कीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोग स्वरुप भेन्टिलेटर उपलब्ध गराएको हो ।

रेडक्रसले सात वटै प्रदेशलाई एक÷एक वटा वितरण गर्ने गरी सातवटा भेन्टिलेर उपलब्ध गराएको हो । भेन्टिलेटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले रेडक्रसले गरेको सहयोगले संक्रमित बिरामीहरुको उपचारका लागि महत्वपूर्ण हुने बताउनुभयो । यस्तै उपलब्ध भेन्टिलेटरहरु सात वटै प्रदेशका सबैभन्दा धेरै विरामी आउने अस्पतालमा उपलब्ध गराउने प्रतिवद्धता समेत मन्त्री ढकालले व्यक्त गर्नुभयो । 

रेडक्रसले उपलब्ध गराएको भेन्टिलेटर मध्ये एकवटा भेन्टिलेटर बागमती प्रदेश अन्तर्गत काठमाडौंमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आजै उपलब्ध गराइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसअघि भारतीय सरकारले २८ वटा भेन्टिलेटर र अमेरिकी सरकारले एक सय वटा भेन्टिलेटर उपलब्ध गराएका थिए ।