१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित संक्रमित हुनेको संख्या कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी अहिलेसम्म कुल २८ हजार एक सय ६ जना सक्रिय संक्रमित छन्। 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार २ सय ७६ पुगेको छ।