१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढकाल समूहको विजय यात्रा शुरु, १ नं प्रदेशबाट केन्द्रीय सदस्यमा राउत निर्विरोध



अ+ अ-

काठमाडौ । नेपाल उद्योग वाणिज्य महामसंघको निर्वाचनमा चन्द्रप्रसाद ढकाल समूहले विजय यात्रा शुरु गरेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालको प्यानलबाट प्रदेश सदस्यको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजेन्द्र राउत १ नं प्रदेशबाट निर्विरोध निर्वाचित हुनुभएको छ । यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका उहाँ हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्ष समेत हुनुहुन्छ ।
विराटनगर निवासी उहाँको यो विजयलाई ढकाल समूहले एक महत्वपूर्ण विजयका रुपमा लिएको छ । किनभने मोरङ महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको गृह जिल्ला हो । ढकाल समूहका सदस्य तथा पदाधिकारीहरुले १ नं प्रदेशबाट नै यसरी विजय यात्रा शुरु भएकोले निर्वाचनमा आफूहरुको समूहको विजय सुनिश्चित भएको बताएका छन् । आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन हो ।

आज पाँच बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि १ नं प्रदेशबाट राउत निर्विरोध हुनुभएको हो । उपाध्यक्षका उम्मेदवार ढकाल हालैमात्र निर्वाचन प्रचारका क्रममा १ नं प्रदेशको भेडेटारमा जानुभएको थियो । त्यस क्रममा ५२ जिल्ला नगर अध्यक्ष सहित एक सयभन्दा बढी उद्योगी व्यवसायी त्यहाँ पुगेका थिए । त्यस क्रममा उनीहरुले ढकाललाई समर्थन गर्ने बताएका थिए ।