१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरका अस्पतालमा थप ३ कोरोना संक्रमितको मृत्यु



अ+ अ-

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरका अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकाको विराट शिक्षण अस्पताल दुई जनाको र एकको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उनीहरमध्ये ७० वर्षीय वृद्ध भारतको साहेवगञ्जका हुन्, अर्का ८८ वर्षीय वृद्र्ध सुनसरीको इटहरी उपमहानगरपालिका–५ का हुन् र अर्का ६३ वर्षीय वृद्ध झापाको गौरादह नगरपालिका–८ का हुन् ।

७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६ः५० बजे विराट शिक्षण अस्पतालमा, ८८ वर्षीय वृद्धको विराटको आइसोलेसनमा बिहान ५ः५० मा, र ६३ वर्षीय वृद्धको नोबेल शिक्षण अस्पतालमा बिहान ७ः३० बजेतिर मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएको हो ।