९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

स्वयम्भू बुद्ध पार्कमा अत्याधुनिक शौचालय शुभारम्भ

स्वयम्भू बुद्ध पार्कमा अत्याधुनिक शौचालय शुभारम्भ
अ अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाल सबै वडामा सुविधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ । यही योजना अनुरुप काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज विश्व शौचालय दिवस २०२० को अवसर चक्रपथ सडक खण्डको स्वयम्भु बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुभारम्भ गर्नुभयो । ४०० बर्ग फिट क्षेत्रफलमा निर्माण भएको सो सौचालयको शुभारम्भ गर्दै प्रमुख शाक्यले सार्वजनिक शौचालयलाई परम्परागत स्वरुपबाट आधुनिक तथा अत्याधुनिक ढाँचामा रुपान्तरण गर्ने र व्यवसायिकताबाट सेवामुलक बनाउँदै लैजाने महानगरको योजना रहेको स्मरण गराउनुभयो । ‘सार्वजनिक शौचालय भएका ठाउँहरु शौचालयभन्दा अन्य व्यापारिक गतिबिधि गर्ने ठाउँ जस्ता देखिए,’ उहाँले भन्नुभयो, ‘त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्दै पहुँचयुक्त सार्वजनिक शौचालयलाई प्रोत्साहित गर्दै लैजाने योजना अनुसार आज यो सौचालयको शुभारम्भ गरेका छौँ ।’ 

शाक्यले व्यक्तिको आधारभूत आवश्यकतासँग जोडिएकाले सार्वजनिक शौचालय निर्माणलाई प्राथमिक योजना राखेर काम गरिरहेको भन्दै आधुनिक सामाग्रीको जडान गरेपछि त्यसलाई सञ्चालन गर्ने आचरण पनि प्रबिधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । ‘प्रबिधिको प्रयोगबाट परिणाम आउँछ,’ उहाँले भन्नुभयो, ‘स्वयम्भूमा अत्याधुनिक शौचालय निर्माण भएको छ । यसको प्रयोग र व्यवस्थापन सीप सिकाइ विस्तार गर्दै लगिनेछ ।’ काठमाडौं महानगरले सम्पदा र भीड हुने क्षेत्रलाई प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने नीति अनुरुप काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय डिजाइन तयार पारेका पार्क र निर्माण भैरहेका पार्कमा पनि सौचालयलाई प्राथमिकतामा राखेको छ भने वडा–वडामा पनि यही नीति अघि बढाएको छ ।

  

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिनावारी प्याड मेसिनमा सिक्का राखेर स्यानिटरी प्याड मेसिन सञ्चालन सुरु गर्नुभयो । त्यसपछि सम्वोधन गदै सार्वजनिक शौचालयको पहुँच पढाउँदै लैजान महानगरकाले पटक—पटक अध्ययन गरेको स्मरण गराउनुभयो ।  ‘केही नमूना शिफारिस पनि भएका छन्,’ अध्ययन समितिको संयोजक भएर काम गरेको अनुभव सुनाउँदै उपप्रमुख श्रेष्ठले भन्नुभयो,’ ‘सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजनाअनुसार काम भइरहेको छ । यसलाई सेवा वितरणको न्युनतम र आधारभूत सुबिधाका रुपमा हेरेर विकास गरिरहेका छौं । यस अघि सामाजिक उत्तरदायित्वअन्तर्गत एभेष्ट बैङ्कले नयाँ बानेश्वमा स्थापना गरेको शौचालय एरोसानले व्यवस्थापन गरेर वायोग्याँस उत्पादन गरिरहेको छ ।’ महानरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले उक्त ठाउँलाई शौचालय पार्कका रुपमा विकास गर्ने वडाको योजना रहेको सुनाउनुभयो ।  

‘पार्कमा आउने व्यक्तिले १० रुपैयाँ शौचालयमा तिर्नुभन्दा त्यस बराबरको चिया खान्छन् । उनीहरुले त्यागेको दिशापिसाब संकलनबाट बायोग्याँस उत्पादन हुन्छ,’ उहाँले भन्नुभयो, ‘यसैबाट पार्कमा आउनेहरुका लागि खानेकुरा पकाइन्छ । शौचालय व्यवस्थापनको यो दिगो तरिका हो । यसले स्वयम्भु क्षेत्रको पर्यटक व्यवस्थापनमा नयाँ आयाम थपेको छ ।’
काठमाडौँ महानगरपालिकाले सहरभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्ने, पहुँच बढाउने, पेटोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुरेन्टलगायत निजी तथा व्यवसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई सार्वजनिक रुपमा सञ्चालन गर्ने जस्ता योजना अघि सारेको छ । सहरी योजना आयोगका सदस्य मनराजा रञ्जित भन्नुहुन्छ – ‘यो आर्थिक वर्ष भित्र ३० देखि ४० वटासम्म शौचालय निर्माण गर्ने योजनासहित महानगरपालिका अघि बढेको छ । एरोसानलाई हामीले स्वयम्भुसँगै त्रिपुरेश्वर, परोपकार र टंकेश्वरमा पनि अत्याधुनिक शौचालय निर्माणका लागि प्रक्रिया अघि बढाउन अनुमति दिएका छौँ । गैर आवासीय नेपाली संघसँग कंलकी, कोटेश्वर, महाराजगञ्ज र सिफलमा शौचालय निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।’ उहाँले त्यसका लागि सहरी योजना आयोगले काठमाडौंमा उपयुक्त हुने सार्वजनिक शौचालयका ढाँचा, लागत र स्थानको अध्ययन गरिसकेको पनि जानकारी दिनुभयो ।

 

गतवर्ष मंसिर १७ गते बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिएको थियो । ‘५५ लाख रुपैयाँ लागतमा निर्माण भएको शौचालयमा वडा १५ ले ५ लाख रुपैयाँ र बाँकी एरोसानकातर्फबाट स्रोत व्यहोरिएको छ । शौचालय भवनबाट आकाशे पानी संकलन गर्न १२ हजार लिटरको पानी संकलन ट््याङ्की राखिएको छ । शौचालय महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोग मैत्री छ । शौचालयका सुबिधा स्वचालित प्रबिधिमा आधारित छन् । शौचालयको बिशेषताका बारेमा जानकारी दिँदै एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले भन्नुभयो, ‘शौचालयबाट उत्पादन भएको कुनै पनि फोहोर बाहिर जाँदैन । प्रबिधि र वातावरणमैत्री दुवै पक्ष जोडेर यसलाई नमूना बनाइएको हो ।’ शौचालयमा पुरुषका लागि ४ वटा युरिनल र २ वटा शौचालय, २ वटा कोठा रहेको महिला शौचालयमा बच्चालाई प्याड फेराउने ठाउँ, महिनावारी भएका बेला प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) जडान गरिएका छन् ।  त्यहाँ पर्यटक र अपाङ्गता भएका व्यक्तिका लागि १÷१ वटा छुट्टाछुट्टै शौचालय कोठा छन् । स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका छन् ।  

नुहाउनका लागि तातो र चिसो पानी आउने सावर, फोहरपानी प्रशोधन पुनः प्रयोग गर्ने प्रणाली, बायो ग्याँस प्रविधिबाट दिशाजन्य लेदो व्यवस्थापन यसका बिशेषता हुन् । शौचालयबाट उत्पादन भएको कम्पोट मल त्यहीँको बगैंचामा प्रयोग हुनेछ । बायोग्याँसका लागि १० घन मिटरको प्लान्ट छ । यसबाट मासिक रुपमा १।५ सिलिण्ंडर बराबर ग्याँस उत्पादन हुने एरोशासनका राष्ट्रिय प्रतिनिधि अमात्यले जानकारी दिनुभयो । यसलाई शौचालय पर्यटनको अवधारणाअनुरुप सञ्चालन, व्यवस्थापन र प्रवर्धन गर्न सकिन्छ । अमात्यकाअनुसार यसमा विद्यालयका बिद्यार्थी र पर्यटकहरुलाई सहभागी गराउने सकिनेछ ।  यस स्थानबाट दैनिक २ हजार बढी आन्तरिक पर्यटक स्वयम्भु जाने आउने गर्छन् । त्यस अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु र स्थानीय सहभागी हुनुहुन्थ्यो । यस बर्ष ‘दिगो सरसफाइ र जलबायु परिवर्तन’ नारासहित विश्व शौचालय दिवस मनाइँदैछ । यो दिगो विकास लक्ष्य २०३० को लक्ष्य ६ सँग सम्बन्धित छ । यसमा सन् २०३० सम्ममा सबैका लागि पानी र सरसफाइको पहुँच पुर्याउने कुरा उल्लेख छ ।