२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीपीडितलाई न्याय दिने भए बसेर कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

लामिछानले गएराति सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीलाई न्यूयोर्कबाट आँखा नसन्काउनसमेत चुनौती दिएका छन् । उनले सहकारीपीडितलाई न्याय दिन बिचौलियाको घर नचाहिने बताएका छन् ।

सहकारी ठगीको आरोपमा प्रहरीले लामिछानेलाई पक्राउको तयारी गरिरहेको छ । उनी अहिले प्रहरीको उच्च निगरानीमा छन् ।

उनले सामाजिक सञ्जालमा के लेखेका छन् त ?

न्युयोर्क बाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु,

फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि…