९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

जनताले उपचार पाएका छैजन्, सरकारलाई सत्ताको चिन्ता- डा.महत

जनताले उपचार पाएका छैजन्, सरकारलाई सत्ताको चिन्ता- डा.महत
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली नागरिकले उपचार नपाएर छटपटाएका छन् तर सरकार भने आफ्नो सत्ता टिकाउनमै मात्र ब्यस्त रहेको आरोप लगाएका छन् । 

डा.महतले भने– 'देश महामारीमा छ, जसका कारण जनता ठूलो समस्यामा छन्, जनताले उपचारका लागि अस्पतालको बेड नपाएर छट्पटाएका छन् तर सरकारले भने आफ्नो सत्ता टिकाउने मात्र ध्यानमा छ ।'

आफूलाई अप्ठेरो परिरहेका बेला, देश ठूलो महामारीमा फसेका बेला तथा जसका कारण हात मुख जोर्ने समस्यमा जनता परेका बेला सरकार उनीहरुका समस्याप्रति जिम्मेवार बन्न नसकेको भन्दै डा.महतले भने– 'नेपाली जनताले कम्युनिष्ट सरकार कस्तो हुन्छ भन्ने कुरा बल्ल थाहा पाएका छन् ।' 

देशका प्रधानमन्त्री नै आफ्नो पद कसरी जोगाउने भनेर आफ्नो पार्टीभित्रका अनेटक तिकडममा फसेको अहिलेको अवस्थालाई डा.महतले लाजमर्दाे भनेका छन् । 

आज बर्दियामा नेपाली काँग्रेस कोरोना अनुगमन समितिका तर्फबाट गरेको अन्तरिक्रयामा सो समितिका संयोजक समेत रहेका डा.महतले रोगको संक्रमणका कारण बढेको महामारी, बेरोजगारी, महंगीबाट  आदिबाट जनता आहात भएका तर सरकारले भने राहात दिने बेलामा पनि पार्टी हेरेको आरोप लगाए ।  

डा.महतले वर्तमान सरकार जनताका समस्याप्रति पूरै असंवेदनशिल भएको बताए । उनले भने सरकारको जनताका समस्याप्रति कति असंवेदनशील छ भन्ने कुरा त भोका नागरिकलाई महानगरपालिकाले खुलामञ्चबाट कसरी लखेट्यो भन्ने घटनाबाट नै स्पष्ट भएको छ ।

सहमहामन्त्री डा.महतले देश र जनता यस्तो अप्ठेरो परेका बेलामा जनतालाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा गम्भीर रुपमा सोच्न र आआफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउन उनले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई आग्रह गरे । 

नेपाली काँग्रेस दशकौँदेखि नेपाली जनताका समस्यासँग परिचित रहेर जनताका सुख दुःखमा साथ दिई आएको नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी भएकोले जिम्मेवार रहेको र जनतालाई अप्ठेरो परेका बेलामा सधैँ साथमा रहेको उनले बताए । 

भोलि पनि जनताको साथमा रहने राजनीतिक शक्ति भनेको नेपाली काँग्रेस नै हो भन्दै अहिले जनता वर्तमान सरकारदेखि आहत भएकोले यो सरकारको विकल्पमा आफै सडकमा आउने पनि डा.महतले बताए ।