९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

सरकार भ्रष्टाचारमा लिप्त छ भन्ने कुरा प्रचण्डको पत्रबाटै स्पष्ट भयो– डा.महत

सरकार भ्रष्टाचारमा लिप्त छ भन्ने कुरा प्रचण्डको पत्रबाटै स्पष्ट भयो– डा.महत
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले यो सरकार भ्रष्टचारमा लिप्त छ भन्ने कुरा त सत्तारुढ नेकपाकै अध्यक्ष प्रचण्डको पत्रबाट स्पष्ट भएको छ भन्नुभएको छ । 
नेपाली काँग्रेसको कोरोना अनुगमन समितिद्धारा आज नेपालगन्जमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो– यो सरकार भ्रष्टहरुको झुण्ड हो भन्ने कुरा नेपाली काँग्रेसले पहिलेदेखि नै भन्दै आएको हो, आज प्रचण्डको पत्रले त्यसमा थप पुष्टि गरेको छ । 

डा.महतले भन्नुभयो– तपाईहरुलाई थाहै छ वर्तमान सत्तारुढ नेकपाका दुई जना अध्यक्ष छन् र एकजना अध्यक्ष प्रचण्ड हुनुहुन्छ, उहाँले प्रधानमन्त्री तथा सोही दलका अर्का अध्यक्षलाई लेखेको पत्रमा नै यो सरकारका भ्रष्ट क्रियाकलापले जनतामा सरकार र पार्टी दुवैको छवि विग्रिएको स्पष्ट रुपमा भन्नुभएको छ । 

सो कार्यक्रममा डा.महतले वर्तमान सरकारले नेपालमा अनावश्यक विदेशी हस्तक्षेप भित्र्याएको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो– यो सरकारलाई आफैप्रति तथा जनताप्रति पनि कुनै विश्वास छैन बरु विदेशीहरु आएर तिमीहरु मिल भन्दा मिल्छ । उहाँको संकेत हालैमात्र नेकपामा भएको विवादमा चिनियाँ राजदूतले प्रधानमन्त्री लगायतलाई गरेको भेटप्रति लक्षित थियो । 

उहाँले भन्नुभयो, त्यसैले जुन सरकारले हाम्रो शक्तिको स्रोत विदेश हो भन्ने ठान्दछ, त्यो पार्टी देश र जनताको पक्षमा छैन, नेपाली जनताले आफ्नो सरकारका रुपमा लिन पनि सकेका छैनन् ।  
राष्ट्रवादको नाममा नारा दिएर सत्तामा आए पनि यो सरकारको व्यवहार उल्टो छ, त्यसैले सरकारको यो खोक्रो राष्ट्रवाद हो । 

डा.महतले नेकपा नेपाली जनताका तथा किसानका समस्याहरुमा संवेदनशील नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– मलखाद किन्दा कमिसन हेरेर बस्ने, कमिसन आउँछ कि आउँदैन भनेर कुर्ने र किसानका लागि समयमा नल्याउने यो सरकार किसानका समस्याप्रति कहिल्यै संवेदनशील हुदैन ।