२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने



अ+ अ-

काठमाडौँ । यस पटकको संविधान दिवसमा कोही पनि कैदीबन्दी नछुट्ने भएका छन् ।

कारागार व्यवस्थापन विभागले छुट्ने कैदीहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् ।

सरकारले असल चालचलन भएका र कानुनले तोकेको कैद भुक्तान गरेका कैदीबन्दीहरु संविधान दिवसको अवसरमा कैद मिनाहा गर्दै आएको थियो ।

असोज ३ मा रिहा हुने गरी ४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न विभागले सिफारिस गरेको थियो ।

यसअघि गणतन्त्र दिवसको अवसरमा कैद कट्टा गर्न सिफारिस भएकाहरूको पनि निर्णय भएको छैन । जेठ १५ मा ६०१ जनालाई कैद कट्टा गर्न विभागले सिफारिस गरेको थियो ।

सिफारिस भएका कुल १ हजार ९३ जनाबारे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कानुन व्यवस्था छ । त्यसबारे निर्णय भएपछि उनीहरू रिहा हुन्छन् ।