६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली इलाम र ताप्लेजुङ जाँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली सशस्त्र प्रहरीको बीओपी निरीक्षण र स्वास्थ्य चौकी भवनको उद्घाटनका लागि इलाम र ताप्लेजुङ जाँदैहुनुहुन्छ । ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरेर प्रधानमन्त्री ओली इलाम जानुहुनेछ । इलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी निर्माण भएको कारण इलाममा पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्रीसहित पर्यटनमन्त्री योगेश भट्टराई, संविधानसभा अध्यक्ष सुवाशचन्द्र नेम्बाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई पनि साथमै हुने नेपाल ट्रष्टका बोर्ड सदस्य तथा घुन्सा फाण्डेशनका अध्यक्ष योङ्जोम शेर्पाले जानकारी दिनुभयो । 

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो । यसअघि कात्तिक २६ मा पनि बीओपीको निरीक्षणका लागि प्रधानमन्त्री ओली संखुवासभामा जानुभएको थियो ।