५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाना खानेदेखि सुत्दासम्म यी कुराहरूलाई ध्यानमा राख्नुभयो भने तपाईलाई कुनै समस्या हुँदैन



अ+ अ-

एजेन्सी । हिन्दु धर्ममा वास्तुशास्त्रलाई विशेष महत्व दिइएको छ । यसलाई हिन्दू प्रणालीको सबैभन्दा पुरानो विज्ञान मानिन्छ ।

वास्तुशास्त्रमा हरेक दिशाको महत्वलाई मानिएको छ । यस्तो अवस्थामा जानौं ती वास्तु नियमहरू के हुन्, यिनलाई ध्यानमा राख्नुभयो भने जीवनमा सकारात्मक नतिजा देख्न सकिन्छ ।

यति मात्र होइन, खाना खाँदा वास्तु नियमलाई ध्यानमा राख्नुभयो भने जीवनमा सकारात्मक परिणाम देख्न सकिन्छ । ध्यान राख्नुहोस् कि खाना खाँदा तपाईंको अनुहार उत्तर–पूर्व दिशामा हुनुपर्छ । यसो गर्नाले देवी लक्ष्मी तपाईंसँग प्रसन्न रहनुहुन्छ, जसका कारण घरमा धन र अन्नको कमी हुँदैन ।

मानिसले सुत्दा पनि वास्तुको नियमलाई ध्यानमा राख्नुपर्छ, किनभने यसले व्यक्तिको स्वास्थ्यमा पनि असर गर्छ । सुत्दा टाउको पूर्व वा दक्षिण दिशामा हुनुपर्छ । यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । साथै उत्तर र पश्चिम दिशामा टाउको राखेर सुत्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । यसका साथै घरको मुख्य ढोका अगाडि सुत्नु हुँदैन र खुट्टा ढोका तिर हुनुहुँदैन ।

घरमा नचलेको घडी कहिल्यै राख्नु हुँदैन, किनभने वास्तुशास्त्रमा यसलाई अशुभको प्रतीक मानिन्छ । यसका साथै घरको दक्षिण–पूर्व दिशामा कुनै पनि भारी वस्तु राख्नु हुँदैन । तपाईंको घरको मन्दिर उत्तर–पूर्व दिशामा हुनुपर्छ ।