२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

च्याम्पियन्स लिग नयाँ फर्म्याटमा आजदेखि सुरु हुँदै, यस्तो छ नयाँ बदलाव

च्याम्पियन्स लिग नयाँ फर्म्याटमा आजदेखि सुरु हुँदै, यस्तो छ नयाँ बदलाव
अ अ+ अ-

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो फुटबल लिग युइएफए च्याम्पियन्स लिग आज मंगलबारदेखि सुरु हुँदैछ । छ वर्ष भन्दा बढीको योजना, असफल प्रस्ताव र सुपर लिग सुरु गर्न असफल भएपछि च्याम्पियन्स लिग आजदेखि नयाँ ढाँचामा देख्न सकिनेछ ।

छ वर्ष भित्र, प्रमुख क्लबहरूले लिगको आयोजक, युरोपियन युनियन फुटबल एसोसिएसन (युइएफए)लाई परिवर्तन गर्न दबाब दिए, जसले युरोपेली फुटबलमा उथलपुथल ल्यायो ।

फलस्वरूप क्लबहरूले उनीहरूले चाहेको सबै कुरा पाए । धेरै टोलीहरू, धेरै खेलहरू र त्यो पनि बलियो प्रतिस्पर्धीहरूविरुद्ध, धेरै पैसा रहेको लिग अब देख्न सकिनेछ ।

अब ३२ टोलीको सट्टा ३६ टोलीको सहभागिता रहनेछ, जसमध्ये १८९ खेल हुनेछन् । गत सिजनसम्म १२५ खेल भएका थिए । प्रत्येक टोलीले ६ को सट्टा ८ खेल खेल्नेछ । त्यो पनि तीन विपक्षी विरुद्ध हैन आठ विपक्षी विरुद्ध । अर्को वर्ष मे ३१ मा म्युनिखको एलियान्ज एरिनामा च्याम्पियन्स लिगको विजेता पाइनेछ ।

युइएफएले ३६ क्लबका लागि २.८ बिलियन डलरको पुरस्कार राशि राखेको छ, जुन गत सिजनको तुलनामा २५ प्रतिशत बढी हो । विजेताले १७७ मिलियन डलर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

सहभागिताका लागि प्रत्येक टोलीले लगभग २ अर्ब ७५ करोड रुपैयाँ प्राप्त गर्नेछ । लिग चरणमा प्रति खेल जितअनुसार ३० करोड ३८ लाख र ड्रमा १० करोड ३९ लाख रुपैयाँ दिइनेछ ।

सबै ३६ टोलीहरू एकल लिग स्ट्यान्डिङमा शीर्षदेखि तलसम्म क्रमबद्ध छन्, जुन जनवरीमा समाप्त हुनेछ । जबकि यसअघि डिसेम्बरमा समूह चरणका खेलहरू सकिएका थिए । जनवरी सम्म लिग राउन्ड एकदम सरल छ । प्रत्येक टोलीले ८ खेल खेल्नुपर्नेछ, जसमा ४ घरेलु र ४ अवे रहेको छ । टोलीले जितको लागि तीन अंक र बराबरीमा एक अंक पाउनेछ । नकआउट राउण्डमा पुग्न अलि जटिल छ ।

युइएफएका अनुसार नकआउटको दौडमा रहनका लागि टोलीलाई बढीमा ८ अंक चाहिन्छ । जनवरी २९ मा तालिकाको शीर्ष–८ मा रहेका जुनसुकै टोलीहरू सीधै प्रि–क्वार्टरफाइनलका लागि छनोट हुनेछन्, जहाँ उनीहरूलाई १ देखि ८ सम्म सीड गरिनेछ । नवौंदेखि २४औं स्थानमा रहेका टोली फेब्रुअरीमा नकआउट प्लेअफ चरणमा प्रवेश गर्नेछन् । ९ देखि १६ सम्मको टोलीलाई वरियता दिइनेछ भने १७ देखि २४ सम्मको टोली वरियताविहीन हुनेछ । तालिकाको पुछारमा रहेका १२ टोली बाहिरिनेछन् ।

युरोपको यो एलिट फुटबल प्रतियोगितामा केही क्लब फर्किएका छन् भने केही पहिलो पटक खेलिरहेका छन् । इंग्लिस क्लब एस्टन भिल्ला ४१ वर्षपछि लिगमा फर्किएको छ । एस्टन भिल्ला सन् १९८१ मा विजेता बनेको थियो ।

इटालियन क्लब बोलोग्ना १९६४ युरोपियन कपपछि टूर्नामेंटमा फर्कदैछ । स्पेनिस क्लब जिरोना र फ्रान्सेली क्लब ब्रेस्ट पहिलो पटक लिग खेल्दैछन् ।

आजका खेलहरुः
युभेन्ट्स भर्सेस पिएसभी – २२ः३० बजे
योङ ब्वाइज भर्सेस एस्टन भिल्ला – २२ः३० बजे
रियल मड्रिड भर्सेस स्टुटगार्ट – ००ः४५ बजे
बायर्न म्युनिख भर्सेस डिनामो जाग्रेव – ००ः४५ बजे
स्पोर्टिङ भर्सेस लिल – ००ः४५ बजे
एसी मिलान भर्सेस लिभरपुल – ००ः४५ बजे