२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा !



फाइल फाेटाे
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) इन्द्रजात्रामा सहभागी नहुने भएका छन् । बालेन अहिले भारतमा छन् । इन्द्रजात्रामा प्रधानमन्त्री केपी ओली सहभागी हुने भएपछि बालेन भारत गएका हुन् ।

आफूले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भन्दै बालेन बैंगलोर गएको उनको सचिवालय स्रोतले जनाएको छ । आज काठमाडौंमा इन्द्रजात्रा पर्व मनाइँदै छ । जात्रामा राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुने परम्परा छ ।

ओली र बालेनबीच पछिल्लो समय सार्वजनिक रुपमै भनाभन चलिहरेको छ । ओलीले सार्वजनिक कार्यक्रममा र बालेनले फेसबुकबाट एकअर्कालाई अपमानित र गालीगलोज गर्दै आएका छन् ।

ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बालेनलाई लक्षित गर्दै ‘एउटा केटो मनलाग्दी बोल्दै हिंडेको र जनसमर्थन रहेको नाममा कोही बोल्न नसकेको’ भन्दै उनीमाथि जाइलाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका थिए ।

एमालेद्वारा आयोजित स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशाला गोष्ठीमा बोल्ने क्रममा बालेनतर्फ संकेत गर्दै ओलीले भनेका थिए, ‘अहिले कहाँ एउटा केटो निस्कियो । त्यसले मनपरी बोल्छ । त्यसलाई चाहिँ चलाउनु हुँदैन है, त्यसलाई चलाउनु हुँदैन, त्योसँग जनमत छ अरे । नचलाएर उसको कुरा स्थापित हुँदै जान्छ दिनुहुन्छ ? तपाईं नचाहिने प्रचारहरु स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापति हुन्छ’, ओलीले भनेका थिए ।

ओलीको अभिव्यक्तिको जवाफ बालेनले शनिबार नै राति सामाजिक सञ्जालबाट फर्काएका थिए । उनले ओलीका कारण पीडित बालिकाहरुको न्याय नपाएर मर्नुपरेको संगीन आरोप लगाए । सोही कारण आफूले बाल दिवसको शुभकामना नदिएको उनको भनाइ थियो । ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिन ,सो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्राउन चाहन्छ, ग्रहण गर्नुहोला’ बालेनले लेखेका छन् ।

बालेनले ओलीविरुद्ध अर्को पनि पोष्ट गरे, ‘नाबालिग कुट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ ।’