४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.49

Wind: 6.17

Humidity: 78

Latest
प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीका नाममा रोजगार कार्यक्रमः कार्यान्वयनको अवस्था बेहाल कोरलामा व्यापारिक चहलपहल बढ्यो ‘बिना तयारी भारु विनिमयदर प्रणाली बजारलाई छोड्दा राजनीतिक, सामाजिक र आर्थिक संकट निम्तिन्छ’ नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउन खोजिँदैछ, त्यो स्वीकार्य छैनः प्रधानमन्त्री ओली शिक्षकहरुको आन्दोलन–फोटोफिचर द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा प्रचण्डले भनेको आधारमा सरकार ढल्दैनः कांग्रेस २०८४ सम्म सरकारमा जाँदैनौँः अध्यक्ष दाहाल उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सुचारु हुने रास्वपाको विश्वास



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुचारु हुने विश्वास व्यक्त गर्नुभएको छ ।

आईतवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले माओवादी केन्द्र अहिले छलफलमा रहेको र संसद सुचारु हुनेमा आशावादी रहेको बताउनु भयो । उहाँले सरकार उपसभामुखलाई हटाउने बारेमा नरहेको कुरा बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले राख्नुभएको र आफूले धन्यवाद दिएको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘गएको सदनको बैठकमा भदौ १२ गते मान्य योगेश भट्टराईले बोल्नुभएको कुरा थियो । माओवादी द्वन्द्वलाई हिंसात्मक द्वन्द्व भन्नेकुरालाई लिएर माओवादीका साथीहरु बिरोधमा हुनुहुन्छ । कसरी लैजाने भन्नेबारेमा छलफल भयो ।

साथीहरु छलफलमा हुनुहुन्छ, कुरा टुंगिन्छ । उपसभामुखको विषयमा मान्य मुख्य सचेतक महेश बर्तौलाज्युले हामीले केही गर्ने त्यस्तो केही थिएन, तपाईंहरुले चाँडै कुरा उठाउनु भयो भन्नुभयो, मैले तपाईंहरुको त्यस्तो केही रहेनछ भने भनेँ । संसदमा कुरा उठाउने नै हो, कुरा बग्रेल्ती आए, हामीले उठाइ नै हाल्यौँ, तपाईंहरुको त्यस्तो केही रहेनछ भने धन्यवाद, केही पनि फेरि नहोस् भने ।’

उहाँले संसदमा एमाले सांसद योगेश भट्टराईले हिंसा शब्दको प्रयोग गरेपछि अहिलेको स्थिति सिर्जना भएको बताउनु भयो ।