६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको कटाक्ष : ‘खड्गप्रसादका कारण बालदिवसको शुभकामना दिन सकिनँ’



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पीडित बालिकाले न्याय नपाएर मर्नुपरेका कारण बाल दिवसको शुभकामना दिन नसकिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज साँझ टिप्पणी गर्दै महानगर प्रमुख शाहले बाल दिवसको शुभकामना स्वयं प्रधानमन्त्रीलाई टक्रयाउन चाहेको र ग्रहण गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली)का कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन सकिन, सो शुभकामना स्वय प्रम ज्यूलाई नै टक्रयाउन चाहन्छु ग्रहण गर्नुहोला ।’

यसअघि आजै दिउँसो आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरप्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै टिप्पणी गरेका थिए । उनले बालेन्द्र शाहलाई बालकको संज्ञा दिएका थिए ।