१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’

‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’
अ अ+ अ-

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल स्काउट कोशी प्रदेशद्वारा ६०औँ बाल दिवसका उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रममा उहाँले हरेक विद्यालय, पालिकामा रहेका स्काउटले समाजमा रहेका विकृति, विसङ्गति, लागुपदार्थ दुव्र्यसनी रोकथाम तथा कुप्रथा अन्त्यका लागि जागरण अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले समाजलाई सुसंस्कृत बनाउन स्काउटका स्यवंसेवकहरूलाई आग्रह गर्नुहुँदै स्काउटको विस्तार र विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकमा आउने प्राकृतिक विपद्, आगलागीलगायत घटनाका समयमा जनधनको संरक्षण गर्न योगदान पुर्‍याउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालयलाई विद्यालय वरिपरि धुम्रपान, मदिराको बिक्री वितरण रोक्न आवश्यक अनुगमनका लागि निर्देशनसमेत दिनुभयो । सरकारले दुई/तीन वर्षभित्र नमूना प्रदेश बनाउन उद्योग र कृषि उत्पादनमा वृद्धि तथा निर्यात प्रवर्द्धनका लागि नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मन, वचन र कर्मले राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुहुँदै विद्यालयको शैक्षिक वातावरण राम्रो बनाउन आवश्यक योजनाका साथ अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा स्काउटका बालबालिकाले मुख्यमन्त्री कार्कीलाई विभिन्न प्रश्न सोधेका थिए । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका स्काउटमा आबद्ध बालबालिकाको सहभागिता रहेको थियो । रासस