२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् एनपिएलको ८ वटै टीमका मार्की खेलाडी



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो संकरणका लागी मार्की खेलाडीको लक्की ड्र भएको छ ।

शनिबार काठमाडौँमा भएको लक्की ड्र अनुसार राष्ट्रिय टीमका कप्तान रोहित पौडेल टीम लुम्बिनीको मार्की खेलाडी बनेका छन् ।

यसैगरी, सन्दीप लामिछाने विराटनगर, कुशल भुर्तेल पोखरा, कुशल मल्ल चितवन, करण केसी काठमाडौं, आसिफ शेख जनकपुर, दीपेन्द्रसिंह ऐरी सुदुरपश्चिम र सोमपाल कामी कर्णालीका मार्की खेलाडी बनेका छन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको छ ।

पहिलो संस्करणको एनपिएल आउँदो मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।