९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

आत्मविश्वासले बदलिएको सपनाको जीवन

आत्मविश्वासले बदलिएको सपनाको जीवन
अ अ+ अ-

– सन्तोष गौतम
म्याग्दी । चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन् । 

आत्मविश्वासका साथ गलत सङ्गत र दुव्र्यसनीको दलदलबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवारिसे शव व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन ९बिबीसी०ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ । बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सपनासहित फिनल्याडकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङलगायत १०० जनाको सूची मङ्गलबार सार्वजनिक गरेको हो । 

सपनाले काठमाडौँमा अलपत्र अवस्थामा भेटिएका बेवारिसे शवको दाहसंस्कार गर्दै आएकी छिन् । बेवारिसे शव अस्पताल लगेर परीक्षण गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना खटिएकी छिन् । उनले हालसम्म करिब ३०० बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् । “विश्वमा थुप्रै मानिस घरबारविहीन छन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ”, सपनाले भनिन्, “मैले यो काम समाजसेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हूँ ।” बिबीसीले प्रभावशाली महिलाको सूचीमा राखेपछि आभार प्रकट गर्दै रोकाले सामाजिक कार्यमा हौसला थपिएको प्रतिक्रिया दिइन् । सपनाले गाउँ र देशको नाम राखेको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको स्थानीय कलाधर कँडेलले बताउनुभयो । 

अठार वर्षीय रोकाको घर मङ्गला गाउँपालिका–४ बुकेनी हो । रोकाले विसं २०७३ मा बरङ्जाको महेन्द्ररत्न माविबाट एसइई उत्तीर्ण गरिन् । कक्षा ११ पढ्न बेनी झरेकी उनी भागी विवाह गरेर बुटवल पुगेकी थिइन् । वैवाहिक जीवन असफल र परिवारबाट टाढिएपछि उनको मनमा आत्महत्याको सोच पनि आउँथ्यो । जीवन अन्त्य नभएर सङ्घर्ष भन्ने धारणाले जीवनमा ‘युटर्न’ भएको रोका बताउँछिन् । भिनाजुको सहयोगमा बुटवलबाट म्याग्दी आएपछि सपनाले अध्ययनलाई निरन्तरता दिइन् । 

पोखरामा बसेर कक्षा १२ को पढाइलाई पूर्णता दिने क्रममा भेटिएकी सलिना बस्नेतसँगको मित्रताले सपनाको यात्रा समाजसेवातर्फ मोडियो । काठमाडौँमा बेवारिसे शव व्यवस्थापन गर्दै आएको एक्सन फर सोसियल चेञ्जका अध्यक्ष विनयजङ्ग बस्नेतसँग सलिनाको माध्यमबाट चिनजान भयो । सलिनाकी बुवा विनयलाई सपनाले कर्मबुवा मान्छिन् । बस्नेतलाई साथ दिँदै सपनाले एक वर्षयता पशुपति आर्यघाटमा बेवारिसे शवको व्यवस्थापन र दाहसंस्कार गर्छिन् । काठमाडौँका विभिन्न स्थानमा बेवारिसे शव भेटिएपछि दाहसंस्कार गर्नका लागि सपनालाई सम्पर्क गर्छन् । कानूनी प्रक्रिया पूरा गरेपछि उनीले आर्यघाटमा दागबत्ती दिने र दाहसंस्कार गर्छिन् । 

सपना काठमाडौँका अस्पतालमा बेसहाराको अभिभावकको रूपमा चिनिन्छिन् । “कुनै समय म पनि सडकमै थिएँ, सडकको अनुभव मलाई पनि छ”, सपनाले भनिन्, “बेवारिसे शवलाई दागबत्ती दिएर सेवा गरेकी हुँ, मरेको आत्माले शान्ति पाए मलाई पुग्छ ।”

आर्यघाटमा अरु शवको दाहसंस्कार गर्दा मलामी र आफन्त हुन्छन् । सपनाले दाहसंस्कार गर्ने ठाउँ सुनसान हुन्छ । एकै दिनमा छ वटासम्म शवको दाहसंस्कार गरेको उनी बताउँछिन् । अभिभावकको इच्छाअनुसार पढाइलाई निरन्तरतासँगै सडकमा बेवारिसे मानिसको सेवा गर्ने सपनाको योजना छ ।