२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले खेल क्षेत्रका सबै विधाहरुमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीहरुलाई आग्रह गर्नुभयो । उहाँले क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलहरुमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको बताउनु भयो । उहाँले नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अझै खेलहरुमा खेल विज्ञता, प्रविधिको विकास आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेल क्षेत्रका सबै विधाहरुमा हामी यसैगरी उन्नति प्रगति गर्दै जानेछौँ आगामी दिनमा । र बितेका केही वर्षहरुमा हामीले वास्तवमै उल्लेख्य प्रगति गरेका छौँ । चाहे क्रिकेटको सन्दर्भमा होस्, फुटबलको सन्दर्भमा, भलिबल, टेबलटेनिसको सन्दर्भमा, ब्याडमिन्टनको सन्दर्भमा थुप्रै प्रगति गरेका छौँ । हाम्रा खेलाडीहरुको खेल पनि हेरेको छु । फुटबल लगायतका खेलहरुमा आलोचनात्मक टिप्पणी के हुन्थ्यो भने हाम्रा खेलाडी ढिलो खेल्छन् । तर अहिले फुर्ति छ । हाम्रो टिम हेर्दा अन्तर्राष्ट्रिय स्तरकै लाग्छ । अहिले हाम्रो टिमको खेल हेर्दा अन्तर्राष्ट्रिय स्तरकै अ‍ेल देखिन्छ । हामीले अझै विभिन्न खेलहरुमा खेल विज्ञता, प्रविधिको विकास गर्नुपर्नेछ । सफलता हाँसिल गर्दै जानुपर्छ । खेलले आपसमा मित्रता र सम्बन्धलाई विकास गर्दै लैजान मद्दत गर्दछ ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले ओलम्पिक पदक विजेता गोवद्र्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान गर्नुभयो । सरकारले डिजिटल माध्यमबाट गोवद्र्धनको खातामा उक्त रकम जम्मा गरेको हो । प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।