१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

खेलाडी विदेश पलायन अहिले खेलकुद क्षेत्रको ठूलो समस्या हो: मन्त्री चौधरी

खेलाडी विदेश पलायन अहिले खेलकुद क्षेत्रको ठूलो समस्या हो: मन्त्री चौधरी
अ अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरु विदेश पलायन हुनु खेलकुद क्षेत्रको ठूलो समस्याका रुपमा रहेको बताउनुभएको छ ।

बिहीवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले खेलाडीहरुलाई रोजगारी, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्न नसक्दा धेरै खेलाडीहरु विदेश गइरहेको बताउनु भयो । उहाँले मन्त्रालयले अहिले राष्ट्रिय खेलकुद नीति प्रतिष्थापन गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन र २०७७ को राष्ट्रिय युवा परिषद् ऐन र २०७२ को संशोधन गर्ने काममा लागेको बताउनु भयो । उहाँले राष्ट्रिय गौरवका योजनाहरुको पूर्वाधार निर्माण कार्य शुरु भइरहेको बताउनु भयो ।

उहाँले कर्णाली प्रदेशका सरकारसँगको सहकार्यमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिरहेको बताउनु भयो । सन् २०२६ मा जापानमा हुने एशियाली खेलकुद प्रतियोगिता लगायत अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा नेपाल पदक हाँसिल गर्नेगरी खेलाडीको क्षमता अभिवृद्धि गरी पदक हाँसिल हुनसक्ने खेलका खेलाडीलाई विशेष परीक्षणको व्यवस्था गर्न लागिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय खेलकुद नीति प्रतिष्थापन गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन र २०७७ को राष्ट्रिय युवा परिषद् ऐन र २०७२ को संशोधन गर्ने । राष्ट्रिय गौरवका योजनामध्ये इआईए सम्पन्न गरी पूर्वाधार निर्माण कार्य शुरु भइरहेको छ । कर्णाली प्रदेशका सरकारसँग सहकार्यमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना चाँडै हुँदैछ । सन् २०२६ मा जापानमा हुने एशियाली खेलकुद प्रतियोगिता लगायत अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा नेपाल पदक हाँसिल गर्नेगरी खेलाडीको क्षमता अभिवृद्धि गरी पदक हाँसिल हुनसक्ने खेलका खेलाडीलाई विशेष परीक्षणको व्यवस्था गर्ने । बजेटमा भएका कार्यक्रमहरु कार्यान्वयन गर्ने । सबैभन्दा ठूलो समस्या कार्यक्रम सञ्चालन गर्न बजेट नै हो । दोस्रो सञ्चालनको रुपमा हामीले कुनैपनि लामो समयसम्म खेलकुद पूर्वाधार निर्माण सम्पन्न हुन सकेको छैन । भौतिक पूर्वाधाहरु बजेट अभावले अधुरा रहेका छन् । खेलकुद पूर्वाधारका लागि एउटा इकाइ गठन गर्ने वा राष्ट्रिय खेलकुद परिषद्लाई व्यापक रपमा सरलीकरण गर्नुपर्ने अवस्था छ । खेलाडीहरु विदेश धेरै पलायन भयो । सबैभन्दा ठूलो समस्या यो छ ।’

मन्त्री चौधरीले खेलको वर्गीकरण राम्रो किसिमले नभएको गुनासो गर्नुभयो । उहाँले देशमा हुनै नसक्ने खेलका लागि रकम विनियोजन गरिएको बताउनु भयो ।