१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
अ अ+ अ-

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहीवारको समितिको बैठकले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति अम्मरबहादुर थापाले खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालयले तत्काल कानूनको व्यवस्था गरेर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले आफ्नो अनुकुलतामा कार्यविधि बनाएर अघि बढ्नेकुरा राम्रो नभएको बताउनु भयो । उहाँले कानूनको समस्या छ भने ड्राफ्ट गरेर समितिमा ल्याउन निर्देशन दिनुभयो । फास्ट ट्रयाकमा कानून बनाउने गरी समिति अघि बढ्ने पनि बताउनु भयो । उहाँले खेलकुदलाई कसरी प्राथमिकता दिने भन्नेबारेमा समिति नै गम्भीर रहेको बताउनु भयो । खेलकुदको कानून नै चाहिएको छैन झैँ गरी अहिले समितिमा कुनैपनि कानूनहरुको बारेमा चर्चा नै नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालयले तत्काल कानूनको व्यवस्था गरेर अघि बढ्नुपर्छ । एउटा छुट्टै कानूनको विपरित नियमावली, कार्यविधि बनाएर अगाडि बढ्नेकुराले खेलकुदलाई आफ्नो अनुकुलको कार्यविधि बनाएर खेलकुदलाई चलाउने कुरा यो राम्रो होइन । गैरजिम्मेवार नै हुन्छ । मलाई आएको गुनासो यो पनि छ । त्यो हिसावले अघि बढ्न र तपाईंहरुलाई कानूनको समस्या छ भने ड्राफ्ट गर्नुस्, कसरी फास्ट ट्रयाकमा अघि बढाउने बढाउँछौँ । खेलकुदलाई कसरी प्राथमिकता दिने भन्नेकुरामा हामी पनि चिन्तित छौँ । तपाईंहरुलाई सहयोग कसरी गर्न सकिन्छ ? भनेर नै हामी सोचिरहेका छौँ । कानून केके बनाउनु पर्छ , अहिले कानून बनाउनेमा शिक्षा, सूचनाको आइरहेको छ । खेलकुदको कानून नै चाहिएको छैन की । कतै छलफल नै छैन । स्वास्थ्यमा प्रश्स्त चाहिएको छ तर पनि आउँदैन ।’

बैठकमा नेकपा एमालेका सांसद छविलला विश्वकर्माले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय भित्रै सम्पन्न गर्न जोड दिनुभयो । उहाँले समयमै हुन नसक्ने हो भने निश्चित समय निर्धारण गरी सहज रुपमा खेलकुदका गतिविधि अघि बढाउन सकिने बताउनु भयो । उहाँले सम्भावना हेरेर उचित ठाउँमा खेलकुदका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय भित्रै सम्पन्न गर्न जोड दिऔँ । अहिले त्यो सम्भावना छैन भने समयभित्रै जानुपर्छ भन्नेमा किन जाने त? धेरै लामो समय लम्बिने त होइन । कति चाहिने हो ? तपाईंहरुको अध्ययनले के देखाउँछ । कति समयमा त्यो प्रतियोगिता गर्न सम्भव छ ?त्यस किसिमले अघि बढौँ । तर आलटाल गर्ने ठाउँ दिनु हुँदैन । सम्भावना हेरेर उचित ठाउँमा खेलकुदका गतिविधि गर्नुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले खेलकुद क्षेत्रको महत्व बढ्दै गइरहेको बताउनु भयो । उहाँले सिमित श्रोत र साधनका बावजुत पनि नेपाली खेलाडीहरुले विकास र राष्ट्रको गौरव बढाउँदै आएको बताउनु भयो । उहाँले खेल क्षेत्रमा लगानी समस्या रहेको बताउनु भयो । खेल क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउनु भयो । उहाँले खेलाडीलाई रोजगारीको सुनिश्चितता गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो खेलकुद क्षेत्रको महत्व बढ्दै गइरहेको छ । सिमित श्रोत र साधनका बावजुत पनि नेपाली खेलाडीहरुले वास्तवमै भन्ने हो विकास र राष्ट्रको गौरव गर्दै गइरहेका छन् । तर लगानीको समस्या छ । यसको समस्या समाधान गर्नुपर्छ । सरकारले बजेट बढाउनुपर्छ । तर सिमित श्रोत र साधनका बीचमा उच्च परिणाम निकाल्न ध्यान दिनुपर्छ । सिमित साधन र श्रोतलाई ठिक ढंगले परिचालन गरेर नतिजा निकाल्न सकिन्छ । खेलाडीलाई रोजगारीको सुनिश्चितता गर्न सकिएको छैन । अब आइटीको टे«निङ दिनसक्ने कार्यक्रम बनाउनु पर्छ ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोषिमा कार्कीले युवाहरुलाई समेट्ने गरी, युवालाई प्रोत्साहन दिनेगरी र युवालाई देशभित्रै रोजगारीको सुनिश्तिता हुनेगरी युवा स्वरोजगार कार्यक्रमलाई अघि बढाउन सुझाव दिनुभयो । उहाँले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत आजसम्म कति वटा प्रपोजल परेका छन् रु भन्दै प्रश्न गर्नुभयो । उहाँले युवाहरु देशभित्रै देशभित्रै केही गर्न चाहेपनि मन्त्रालयमा पठाएका प्रपोजल स्वीकृत हुन ढिलाइ भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युवाहरुलाई समेट्ने गरी, युवालाई प्रोत्साहन दिनेगरी युवालाई देशभित्रै रोजगारीको सुनिश्तिता दिनेगरी युवा खेलकुद मन्त्रालयले कार्यक्रम ल्याउनुपर्छ । श्रम मन्त्रालयसँग समन्वय गरी कार्यक्रम अघि बढाउन किन ढिलाइ भएको छ । युवा स्वरोजगार कार्यक्रमअन्तर्गत आजसम्म कति वटा प्रपोजल परेका छन् । किन वर्षौंसम्म प्रपोजल अड्किएका छन् । युवाहरु देशभित्रै देशभित्रै केही गर्न चाहन्छन् तर स्वीकृत हुँदैन । यसलाई सहज बनाउन आवश्यक छ । युवाको सबैभन्दा मुख्य समस्या के छन् भनेर सूचि छन् ।’

उहाँले युवाका समस्याहरुको सूचि बनाइ समाधान गर्न मन्त्रालयलाई आग्रह गर्नुभयो ।