२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्धको टेस्ट सिरिजका लागि बंगलादेशको टोली घोषणा



अ+ अ-

एजेन्सी । बंगलादेशले सेप्टेम्बर १९ देखि हुने भारतविरुद्धको टेस्ट सिरिजका लागि टोली घोषणा गरेको छ ।

दुई खेलको यो शृङ्खलाका लागि १६ सदस्यीय टोली छनोट गरिएको छ । टोलीको कप्तान नजमुल हसन शान्तो हुनेछन् ।

टोलीमा शकिब अल हसनले पनि मौका पाएका छन् । उनीमाथि बंगलादेशमा हसिना सरकारविरुद्धको आन्दोलनमा सहभागी एक विद्यार्थीको हत्या गरेको आरोप छ ।

आन्दोलनमा चार सयभन्दा बढीले ज्यान गुमाएका थिए । साकिबसहित १४७ जनामाथि यी मध्ये एक विद्यार्थीको हत्या गरेको आरोप छ ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले शकिब अल हसनको हत्याको आरोपमा बचाउ गरेको थियो । बोर्डका अध्यक्ष फारुक अहमदले भनेका थिए– ‘साकिब अल हसन दोषी प्रमाणित नभएसम्म बंगलादेशका लागि खेल्ने छन् । हामी उनलाई भारत भ्रमणको लागि पठाउने छौं ।’

टेस्ट सिरिजका लागि बंगलादेश टोलीः
नजमुल हसन शान्तो (कप्तान), महमुदुल हसन जोय, जाकिर हसन, शादमान इस्लाम, मोमिनुल हक, मुशफिकुर रहिम, शकिब अल हसन, लिटन कुमेर दास, मेहदी हसन मिराज, ताइजुल इस्लाम, नईम हसन, नाहिद राना, हसन महमूद, तस्किन अहमद, सैयद खालिद अहमद र जेकर अली अनिक ।

पहिलो टेस्टका लागि भारतीय टोलीः
रोहित शर्मा (कप्तान), यशस्वि जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज, दीप आकाश, जसप्रित बुमराह र यश दयाल ।