८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

उपसभामुख रानाले पदबाट राजीनामा दिनुपर्छ: काँग्रेस सांसद गौतम

उपसभामुख रानाले पदबाट राजीनामा दिनुपर्छ: काँग्रेस सांसद गौतम
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ ।

उपसभामुख रानाले आफ्नो पदीय मर्यादालाई कायम राख्न पनि पदबाट राजीनामा दिनुपर्ने उहाँको जिकिर थियो । बुधवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गौतमले उपसभामुख जस्तो व्यक्तिले असम्बन्धित मान्छेलाई अमेरिका लैजानका लागि सिफारिस गर्ने कुरा पदीय जिम्मेवारी विपरित र अपराधजन्य कार्य भएको पनि बताउनु भयो । उहाँले महिलाको कुरा गरेर, करुणाको कुरा गरेर उहाँबाट भएको गल्तीलाई माफी दिन नसकिने पनि बताउनु भयो ।

सांसद गौतमले भन्नुभयो,‘यस सभामा उपसभामुखमाथि प्रश्न उठेका छन् सभामुख महादेय । प्रश्न इन्दिरा रानामगरमाथि होइन, उपसभामुख इन्दिरा राना मगरको हो । उपसभामुखको पदीय जिम्मेवारी र मर्यादाको कुरा हो । उपसभामुख जस्तो जिम्मेवारीमा रहेर असम्बन्धित व्यक्तिहरुलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग हो । र, यो गम्भिर अपराध समेत हो । जसको सन्दर्भमा स्वयम उपसभामुखज्यूले साउन ४ गते स्पष्टिकरण दिदै धेरै कुराहरु स्विकार गरिसक्नु भएको छ । यसबारेमा म धेरै भन्न चाहन्न । उपसभामुख महोदय, यहाँ करुणाको कुरा उठ्यो । संख्याको कुरा पनि उठ्यो । महिलाको कुरा पनि उठयो । तर यहाँ विषय करुणा र संख्या अनि महिलाको होइन । संविधान र कानूनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको कुरो हो सभामुख महोदय । मेरो उपसभामुखज्युलाई आग्रह छ–तपाईले इमानको मानक राख्नुस, मार्ग प्रशस्त गर्नुस् । उपसभामुख पदबाट राजीनामा दिनुस् ।’

सांसद गौतमले पदबाट राजीनामा दिएर उपसभामुख रानाले इमानको मानक राख्न सक्नुपर्ने समेत बताउनु भयो ।