२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

यूएईमा अवैध विदेशीलाई ‘भिसा माफी’: नेपाली कति छन्, कसरी फाइदा लिन सक्छन् ?

यूएईमा अवैध विदेशीलाई ‘भिसा माफी’: नेपाली कति छन्, कसरी फाइदा लिन सक्छन् ?
अ अ+ अ-

काठमाडौँ । यूनाइटेड अरब एमिरेट्स (यूएई)मा गैरकानुनी हैसियतमा रहेका वा भिसाको प्रकृति बदल्न चाहने आप्रवासीहरूका लागि त्यहाँको सरकारले घोषणा गरेको योजनाबाट झन्डै १०,००० देखि १५,००० नेपाली कामदारहरूले फाइदा लिन सक्ने आबुधाबीस्थित नेपाली अधिकारीले बताएका छन्।

यूएईमा गैरकानुनी हैसियतमा रहेका मानिसहरूलाई भिसाको प्रकार बदल्न वा जरिबाना मिनाहा गरेर स्वदेश फर्कने अवसरका लागि आगामी ३० अक्टोबरभित्र उनीहरूले आवेदन दिन सक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। यो योजना सेप्टेम्बर १ देखि लागु भएको हो।

पछिल्लो समय यूएईमा भिजिट भिसामा जाने र त्यहाँ काम नपाएपछि वा केही समय काम गरेपछि अलपत्र पर्नेहरूको सङ्ख्या बढ्दै गएको नेपाली दूतावासका श्रम मामिला हेर्ने काउन्सिलर दिनबन्धु सुवेदी बताउँछन्।

“भिजिट भिसामा आएर वा श्रम स्वीकृति लिएर लामो समय बसोबास गरिरहेका सबै विदेशीहरूका लागि यूएईले एउटा अवसर दिएको छ,” सुवेदी भन्छन्।

यूएईमा भिसा अवधि सकिएपछि ुओभरस्टेु गरेका विदेशीहरूले महँगो जरिबाना तिर्नुपर्ने नियम छ।

त्यहाँ छुट्टाछुट्टै राज्यमा फरक जरिबानाको व्यवस्था रहेको दूतावासका अधिकारीहरूले बताए।

यूएईमै बस्ने विकल्प पनि
नेपाली दूतावासका अनुसार यस्तो सुविधा लिएर स्वदेश फर्किएका नेपालीहरूको भविष्यमा पुनस् यूएई जान पाउने कानुनी अधिकार सुरक्षित हुन्छ।

“यसबाट दुईवटा किसिमको फाइदा हुन्छ। एउटा लामो समयदेखि नेपाल फर्कन नसकेका र अध्यागमनको जरिबाना तिर्न नसकेका नेपालीहरूका लागि सबै जरिबाना मिनाहा हुने भयो र उहाँहरू नेपाल कानुनी रूपमै जान पाउने हुनुभयो। अर्को चाहिँ यूएईमै अर्को काम खोजेर गर्न पाउने अवसर पनि छ।”

नेपाली दूतावासले जारी गरेको सूचनामा यूएईले उक्त देशमै भिसाको प्रकृति परिवर्तन गरेर बस्न चाहनेहरूका लागि पनि अवसर दिएको जनाएको छ।

“यूएईमै रहन चाहनेहरूले पनि आफ्नो पुरानो ुस्ट्याटसु परिवर्तन गराएर यहाँको मन्त्रालयबाट एउटा जब अफर ल्याइसकेपछि यहीँ बस्न सक्ने अवसर पनि दिएको छ,” उनले भने।

यूएईमै रहन चाहने व्यक्तिले त्यहाँको मानव संसाधन मन्त्रालयबाट जारी भएको जब अफर अर्थात् करार सम्झौता पेस गरेर आफ्नो हैसियत परिवर्तन गर्न सक्ने बताइएको छ।

“यसरी भविष्यमा युएई पुनस् कामका लागि वा भ्रमण गर्न परेमा यूएई आउन प्रतिबन्ध नलाग्ने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,” दूतावासको सूचनामा भनिएको छ।

कसरी आवेदन दिने ?
नेपाली दूतावासले जारी गरेको सूचना अनुसार यस्तो आवेदन तीन ठाउँबाट दिन सकिने छ।

आबुधाबीको भिसा भएकाले स् अल दाफ्रा, स्वेहान, अल मकाम र अल शामाहमा

दुबईको भिसा भएकालेः अल अबिर अध्यागमनमा

अन्य इमिरात (राज्य) को भिसा भएकाले नजिकको आईसीपी सर्भिस सेन्टरहरूमा।

को लाभान्वित हुन सक्छन् ?
दूतावासका अनुसार यूएईको भिसा एम्नेस्टी २०२४ मा तीन प्रकारका आप्रवासीहरू सहभागी हुन सक्ने छन्।

कामदार वा पर्यटक भिसामा यूएई पुगेर भिसा अवधिभन्दा धेरै बसेका कारण वा कम्पनी छोडेर बसेका कारण जरिबाना तिर्नुपर्ने व्यक्तिहरू

यूएईमा रहने गरी अनुमति प्राप्त गरे पनि उक्त देशका अध्यागमन नियम उल्लङ्घन गरेकाहरू

आवासीय भिसामा यूएईमा रहेका विदेशी बाबुआमाले आफ्ना छोराछोरीलाई उक्त देशमा प्रवेशपश्चात् यूएईमा रहन बस्न पाउने अनुमति प्राप्त नगरी अध्यागमन नियम उल्लङ्घन गरेकाहरू

“यृएईले आह्वान गरेको माफी प्रक्रियामा सहभागी कसैले पनि उक्त देशको अध्यागमनसँग सम्बन्धित जरिबाना वा शुल्कहरू तिर्नुपर्दैन,” दूतावासले भनेको छ।

यूएईमा कति नेपाली छन् ?
यूएई नेपाली कामदारकालागि एउटा प्रमुख श्रमगन्तव्य हो। त्यहाँ नेपालीहरूको सङ्ख्या छ लाख रहेको नेपाली दूतावासको आकलन छ।

नेपाली दूतावासका अनुसार हजारौँ नेपालीहरू गैरकानुनी अवस्थामा हुन सक्छन्। “यो हाम्रो प्रारम्भिक तथ्याङ्क हो र यसमा १०,००० देखि १५,००० को हाराहारीमा त्यो प्रकृतिका नेपालीहरू हुनुहुन्छ भन्ने हाम्रो बुझाइ छ,” सुवेदीले भने।

नेपाली दूतावासले उनीहरूको सहयोगका लागि सहायताकक्ष स्थापना गरेको सुवेदीले जानकारी दिए।

“हामीले बढी नेपालीहरूको बढी बसोबास रहेको नेपालीहरू धेरै समस्यामा पर्ने गरेको दुबई र शारजाह क्षेत्रलाई लक्षित गरेर दुबईमा एउटा सहायताकक्ष सञ्चालनमा ल्याएका छौँ,” सुवेदीले भने।

“यो अवधिभरि जति पनि नेपालीहरू स्वदेश फर्कन चाहनुहुन्छ उहाँहरूको लागि निःशुल्क यात्रा अनुमतिपत्र हामी बनाइदिन्छौँ।”

दूतावासका अधिकारीहरूका अनुसार नेपालले आबुधाबीस्थित दूतावासको सहायताकक्ष सातै दिन सञ्चालन गर्ने निर्णय समेत गरेको छ। यूएईले सातै दिन आवेदन लिने भएकाले सहायताकक्ष पनि सातै दिन सञ्चालन गर्ने तयारी भइरहेको सुवेदीले बताए।

“हामीले यहाँका गैरआवासीय नेपालीहरूको संस्था र नेपाली समाजजस्ता सङ्घ संस्थाहरूसँग समन्वय गरेर विवरण सङ्कलन गर्ने र उहाँहरूलाई सहजीकरण गर्ने काम गरिरहेका छौँ,” सुवेदीले भने।

यस्तो प्रक्रियामार्फत् स्वदेश फर्कन केही नेपालीहरूले आवेदन दिइसकेको र दूतावासमा जानकारी लिन आउने क्रम पनि बढेको अधिकारीहरूको भनाइ छ।

“धेरैजसोले आफ्नो हिसाबले जागिर खोजेर पनि कानुनी हैसियत कायम गरिसक्नुभएको छ। जो छुट्नु भएको छ उहाँहरूलाई पनि द्विविधामा नरहन कि ‘जब अफर’ लिएर यहीँ बस्ने कानुनी आधार सिर्जना गर्न वा नेपाल फर्किएर भविष्यमा आउन लगाउने प्रतिबन्धबाट जोगिन हामीले अनुरोध गरेका छौँ,” सुवेदीले भने।

तत्कालै रोजगारी र हवाई टिकटमा छुट
कतिपय वायुसेवा कम्पनीहरूले यसरी स्वदेश फर्कन चाहनेहरूका लागि हवाई भाडामा छुट समेत दिएको विवरण आएका छन्।

नेपाली दूतावासले पनि नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्ससहितका विमान कम्पनीहरूसँग त्यसरी फर्कन चाहने नेपालीहरूलाई हवाई टिकटमा छुट दिन आग्रह गरिएको जनाएको छ।

“कतिपय विमान सेवा कम्पनीहरूले छुट दिन्छौँ भनेका छन्,” दूतावासका श्रम काउन्सिलर सुवेदीले भने।

यूएईका कतिपय रोजगारदाताहरूले अध्यागमनमै अस्थायी कक्ष स्थापना गरेर समेत तत्कालै रोजगारी दिने व्यवस्था समेत मिलाएका छन्।

“यहाँका ठूलाठूला कम्पनीहरूले पनि स्थानीय मागका आधारमा रोजगारी दिइरहेका छन्। यहाँको सरकार गैरकानुनी भएर बसेकाहरूलाई जतिसक्दो छिटो कागजपत्र उपलब्ध गराउन तयार भएको छ र सहयोग पनि मागिरहेको छ,” सुवेदी भन्छन्।

यूएईले यसअघि सन् २०१८ र २०१३ मा पनि यस्तो सुविधा दिएको थियो। त्यसबेला पनि केही नेपालीहरू माफीको आवेदन दिएर स्वदेश फर्किएका थिए। बीबीसीबाट साभार