९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

नेपाल पत्रकार महासंघले जेष्ठ पत्रकार मासिक पेन्सन कार्यक्रम लागू गर्ने तयारी

नेपाल पत्रकार महासंघले जेष्ठ पत्रकार मासिक पेन्सन कार्यक्रम लागू गर्ने तयारी
अ अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जेष्ठ पत्रकार मासिक पेन्सन कार्यक्रम लागू गर्ने तयारी गरेको छ । सो कार्यक्रम देशभरीका महासंघका शाखामध्ये सबैभन्दा पहिलो हुने जिकिर गरिएको  छ  । 

शाखामा सदस्य रहेका जेष्ठ पत्रकारका लागि मासिक रुपमा पेन्सन दिनका लागि जेष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू गर्ने तयारी गरिएको छ । सोका लागि शाखाले कार्यविधी तयार गर्ने काम अन्तिम चरणमा पुर्‍याएको हो  । उमेरको निर्धारण र मासिक कति रकम दिने भन्ने तय हुन बाँकी रहेको महासंघका अध्यक्ष हरि हुमागाँईले जानकारी दिनुभयो  । 

यस्तै शाखा सञ्चालन गर्न लागेको जेष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिकाकाले  सहयोग स्वरुप रु दश रकम लाख उपलब्ध गराएको छ । आज एक कार्यक्रमका बीच उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पत्रकार महासङ्घका अध्यक्ष हुमागाँईलाई उक्त चेक हस्तान्तरण गर्नुभयो ।

पत्रकारको पेन्सन कार्यक्रमका लागि यो पहिलो सहयोग गरिए पनि यसलाई थप गरिने महानगरपालिकका प्रमुख महतले बताउनुभयो । पत्रकारले जिवनभर उमेर छउन्जेल काम गर्ने, आम नागरिकलाइ परेका हरेक समस्या उजागर गर्दै आए पनि पत्रकारले बुढेसकालमा दैनिक छाक टार्न, परिवार चलाउन समस्या हुनेलगायतका समस्या हुने भएकाले जेष्ठ पत्रकारलाई पेन्सनको कार्यक्रम ल्याउन लागिएको अध्यक्ष हुमागाँईले बताउनुभयो ।