९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

पुनर्निर्माणका अनुभव र सिकाई अभिलेख गर्न वेविनारका सुझाव महत्वपूर्ण – प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

पुनर्निर्माणका अनुभव र सिकाई अभिलेख गर्न वेविनारका सुझाव महत्वपूर्ण – प्रमुख कार्यकारी अधिकृत ज्ञवाली
अ अ+ अ-

काठमाडौं । भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा हासिल भएका अनुभव तथा सिकाईहरुबारे छलफल गर्न तथा सुझावहरु लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनार सम्पन्न भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई दिने वेविनारका क्रममा प्राप्त सुझाव तथा टिप्पणीहरुले प्राधिकरणले तयार पार्न लागेको कम्पेडियमलाई पूर्णता दिन ठूलो मद्दत मिलेको बताउनुभयो । ज्ञवालीले पुनर्निर्माणका अनुभव र सिकाई अभिलेख गर्न वेविनारका सुझाव महत्वपूर्ण भएकोमा जोड दिनुभयो ।
प्राधिकरणले तयार गर्न लागेको आफ्नो संस्थागत पत्र (कम्पेण्डियम) को तयारीका सिलसिलामा तयार प्रारम्भिक खाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, मुख्य सरोकारवाला तथा अभ्यासकर्ताहरुबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको थियो ।
प्राधिकरणले २०७७ बैशाखमा आयोजना गर्ने नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेगरी ६ वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ ।
आज तीनवटा विषयहरु क्रमशः जीविकोपार्जन तथा आर्थिक विकास, उद्दार तथा राहत र गभर्नेन्स एवं संस्थागत प्रबन्ध गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुत भए ।
आजको पहिलो सत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा प्राधिकरण, विभिन्न सरकारी तथा गैरसकारी निकायबाट भएका पहलहरुबारे प्राधिकरणका कार्यकारी समिति सदस्य डा. विष्णु भण्डारीले एक कार्यपत्र प्रस्तुत गर्नुभयो । भण्डारीले आफ्नो कार्यपत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा १० वटा मन्त्रालय र ४७ वटा साझेदार संस्थाहरुको सहयोगमा करिब ४ लाख ६० हजार घरधुरीमा पुगिएको उल्लेख गर्नुभयो ।
भण्डारीको पत्रमाथि विश्व बैंककी ज्यास्मिन राजभण्डारी र युएनडिपीका विजय सिंहले टिप्पणी गर्नुभएको थियो । यो सत्रको सहजीकरण कार्यकारी समिति सदस्य डा.चन्द्र बहादुर श्रेष्ठले गर्नुभएको थियो ।
त्यस्तै, दोस्रो सत्रमा भूकम्पलगत्तै भएको उद्दार तथा राहतका बारेमा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलले एक प्रस्तुतीकरण दिनुभयो । पोख्रेलको कार्यपत्रमाथि युएनडिपीका रामराज नरसिम्हा र एनआरसिएसका विपुल न्यौपानेले टिप्पणी गर्नुभएको थियो ।
तस्रो सत्रमा पुनर्निर्माणका लागि भएको गभर्नेन्स एवं संस्थागत प्रबन्धमाथि गहन छलफल भयो । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै प्राधिकरणजस्ता विशेष उद्देश्यका संस्थाले तुलनात्मक प्रभावकारी नजिता दिनसक्ने देखिएको उल्लेख गर्नुभयो ।  
उहाँको प्रस्तुतिमाथि पूर्व मुख्यसचिव लीलामणि पौड्याल, युरोपेली युनियनका मार्को जेमरले टिप्पणी गर्दै सुझावहरु दिनुभयो । त्यसक्रममा पूर्व मुख्य सचिव पौड्यालले प्राधिकरण निर्माणको बहस हुँदा आफूले अर्थ र सूचनाको कोष रहने र सबै विषयमा निर्णय गर्नसक्ने विशेष संस्था आवश्यक भएकोमा जोड दिएको स्मरण गर्नुभयो ।
यो सत्रको अध्यक्षता कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्माले गर्नुभएको थियो ।
कार्यक्रमको अन्तिम सत्रमा प्राधिकरणको पहलमा अध्ययन गरिन लागिएको पुनर्निर्माणको आर्थिक, सामाजिक प्रभावको ढाँचा अध्ययनको नेतृत्व गरिरहनुभएका प्रा.डा.गोविन्द नेपाल, डा.विश्व पौडेल र डा.रुद्र सुवालले अध्ययनको प्रगति अवस्था तथा अनुसन्धानमा अपनाइने प्रणालीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
नेपाल, पौडेल र सुवालका प्रस्तुतिमाथि विश्व बैंकका कामरान अकवर, पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ नाइजल फिसर एवं अर्थशास्त्र विशाल थापाले टिप्पणी गर्नुभएको थियो ।
वेविनारको पहिलो दिन निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण र सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणमाथि सातवटा कार्यपत्रहरु प्रस्तुत भएका थिए जसमा ११ जना टिप्पणीकर्ताले आफ्नो सुझाव प्रदान तथा पृष्ठपोषण गर्नुभएको थियो ।
वेविनारमा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, पुनर्निर्माण र पुनर्स्थापनाका अभ्यासकर्ताहरु तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलगायतका सहभागिता थियो ।