५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ उपविजेता टोलीका खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

अगस्ट १८ देखि २८ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग ४–१ गोलले पराजित हुँदै उपविजेता बनेको थियो ।

यस्तै, कुल टिकट बिक्रीको २० प्रतिशत खेलाडीलाई दिने निर्णय गरेको एन्फाले जनाएको छ । जसबाट कुल आम्दानीको २० प्रतिशत अर्थात् १५ हजार ४० रुपैयाँ खेलाडीले प्राप्त गर्नेछन् । जसअनुसार प्रत्येक खेलाडीले ६५ हजार ४० रुपैयाँ पाउनेछन् ।

प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार, सहायक प्रशिक्षक ससेन्द्र धिमाल र राजुसिंह महर्जनले जनही २५ रुपैयाँ हजार प्राप्त गरेका छन् । टिम म्यानेजर रविन खड्का र टिम फिजियोथेरापिस्ट अनिश बुढाथोकीले पनि २५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।