२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

नरैनापुरमा विद्यालय पठनपाठन शुरु

नरैनापुरमा विद्यालय पठनपाठन शुरु
अ अ+ अ-

राँझा । बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि माध्यमिक तहका विद्यालयमा पठनपाठन शुरु भएको छ । कोरोना महामारी सङ्क्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार आइतबारदेखि विद्यालय शुरु गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर पहिलो चरणमा माध्यमिक तहका विद्यालय सञ्चालन हुँदैछन् । आइतबारदेखि पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श मावि, मटेहियास्थित महेन्द्र मावि र भोजपुरस्थित जयकिसान माविमा पठनपठान शुरु भएको छ । पछिल्लो समय नरैनापुरमा कोरोना सङ्क्रमण नदेखिए पनि सम्पूर्ण सावधानी अपनाएर जोखिम नबढ्ने गरी विद्यालय सञ्चालन गरिने अध्यक्ष शाहले बताउनुभयो ।

गत कात्तिक २७ गतेको गाउँपालिका शिक्षा समितिको बैठक, मङ्सिर ८ गतेको कार्यपालिकाको बैठक र १२ गतेको माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा, २०७७ मा उल्लेख भएका मापदण्डअनुसार आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिनुभयो ।

प्रत्येक दिन कक्षा शुरु हुनु अगावै स्यानिटाइज गर्ने, प्रत्येक कक्षा कोठाहरुमा स्यानिटाइजरको व्यवस्था तथा अनिवार्य मास्क प्रयोगको प्रबन्ध मिलाइने शाहीले बताउनुभयो । प्रत्येक बेन्चमा दुई जना मात्रै विद्यार्थी बसाउने, एउटा कक्षामा १५ भन्दा बढी बेन्च नराख्ने, प्रत्येक विद्यालयमा एक जना नर्स खटाउने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

स्वास्थ्यकर्मी खटाउनेदेखि मास्क र स्यानिटाइजरको व्यवस्थासँगै समग्र स्वास्थ्य सुरक्षाका जिम्मेवारी स्वास्थ्य शाखालाई दिइएको गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले बताउनुभयो । बाँकेका अन्य स्थानीय तहले पनि विद्यालय सञ्चालनको लागि तयारी गरिरहेका छन् ।